नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।

स्थान : एकान्तकुना, ललितपुर
विशेषता : इटालियन तथा मल्टी कुजिन ।
असार महिनादेखि संचालित इथोपिया रेस्टुरेन्ट एण्ड बार एकान्तकुना ललितपुरमा छ । यो रेस्टुरेन्ट शान्त एवं स्वच्छ वातावरणमा बिहान १० बजेदेखि राति अबेरसम्म संचालन हुन्छ । यहाँ इटालियन, इन्डियन तथा नेपाली परिकारहरूको स्वाद लिन सकिन्छ । ब्रेकफास्ट, लन्च एवं डिनरको व्यवस्था भएको यो रेस्टुरेन्टमा अफिसियल मिटिङ तथा कार्यशाला संचालनका लागि विशेष ठाउँ उपलब्ध हुन्छ । कामकाजी महिला लक्षित यो रेस्टुरेन्ट स–साना पार्टी आयोजना गर्न निकै उपयोगी छ । यहाँ नियमित ग्राहकहरूलाई छुटका साथै अन्य विविध सुविधा प्रदान गरिन्छ । यो रेस्टुरेन्ट निकै रमणीय एवं आरामदायक देखिन्छ ।
प्रस्तुति : सरस्वती कटुवाल