प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

डा. हेमा झा प्याकुरेल, डेन्टिस्ट, कान्ति बाल अस्पताल
साना बालबालिकाले कति वर्षको उमेरदेखि ब्रस गर्नुपर्छ ?
स्तनपान गर्ने उमेरदेखि नै शिशुको गिजा भिजाइएको नरम कपासले पुछिदिनुपर्छ । यसो गर्दा पछि दाँत कीराले खाँदैन । साना बालबालिकाको दाँत देखिन थालेदेखि नै नरम ब्रसको सहायताले ब्रस गराउनुपर्छ । ब्रसमा पेस्ट भने बालबालिकाहरूले थुक्न जानेपछि उनीहरूका लागि बनेको पेस्ट मात्र प्रयोग गराउनु उत्तम हुन्छ ।
बालबालिकाको दाँत कुन वर्षदेखि फुस्कन थाल्छ ? दाँत निकालेपछि कस्तो सावधानी अपनाउनुपर्छ ?
बालबालिकाका दूधे दाँत २० वटा हुन्छन् । ती सबै फुस्कने दाँत हुन् । बालबालिकाका अगाडिका दाँत ६–७ वर्षमा र पछाडिका दाँत १२ वर्षसम्ममा फुस्किसक्छन् । कतिपय बालबालिकाका दाँत कुनै कारणले उक्त उमेरभन्दा अघि पनि फुस्कन सक्छ । छिटो दाँत निकाले पनि समय पुगेपछि मात्र दाँत आउन थाल्छ ।
दाँत निकालेको आधा घन्टासम्म कटन च्याप्न दिनुपर्छ । त्यसपछि आइसक्रिम खान दिनुपर्छ । यसले गर्दा रगत बग्न पाउँदैन । तातो खाँदा जमेको रगत फेरि बग्ने सम्भावना हुन्छ । एकदिनपछि मनतातो नुनपानीले कुल्ला गराउनुपर्छ । यसो गर्दा दाँत निकालेको ठाउँमा खानेकुरा खाएको फोहोर जम्मा हुन पाउँदैन ।
बालबालिकाको दाँत फुस्कनुअघि कीराले खाए फिलिङ गर्नु जरुरी छ कि छैन ?
बालबालिकाका दाँत कीराले खाए पनि समय नपुगी निकाल्न मिल्दैन । कीराले कतिसम्म खाएको छ त्यो हेरेर फिलिङ वा आवश्यकताअनुसार उपचार गर्नुपर्छ । यसो गर्दा कीराले भित्रसम्म संक्रमण गर्न सक्दैन । समय नपुगी दाँत निकाले दाँत निकालेको ठाउँ सानो हुँदै जान्छ र ठाउँ नपुगेर टेढोमेढो दाँत आउन सक्छ ।
फिलिङ गर्दा स्वास्थ्यमा असर पर्छ कि पर्दैन ?
बालबालिकाको दाँत फिलिङ गर्दा कुनै असर पर्दैन । कीरा लाग्नु रोग हो । फिलिङबाट त्यो कम हुन्छ । त्यसैले बालबालिकाका दाँत आउन थालेपछि प्रत्येक ६ महिनामा परीक्षण गराउँदा कीराले खाए नखाएको समयमै थाहा पाइन्छ र उपचार गराउन सकिन्छ । उपचार ढिलो भए कीरा लागेर नसासम्म छुन्छ र दुख्न थाल्छ ।