अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
गायक रमेश मास्केले गाएको पप शैलीको गीत ‘झुलुँ कि म लहरा भै तिम्रो मनमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबबाट एकै साथ सार्वजनिक गरिएको उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा एउटा रोमान्टिक जोडीको प्रेम कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म त तिम्रै हुँ’ चलचित्रका नायक–नायिका आकाश श्रेष्ठ तथा ज्योत्सना योगीले यो म्युजिक भिडियोमा रोमान्टिक शैलीकै अभिनय गरेका छन् । गीतमा गायक मास्केकै शब्द तथा संगीत सुन्न सकिन्छ । धिरजजंग शाह यो भिडियोका छायांकार हुने भने निशान घिमिरेले यसलाई सम्पादन गरेका छन् ।

गायक मास्केले करिव पाँच वर्षअघि नै धुन तयार पारेको यो गीतको रेकर्डिङ भने गत वैशाख महिनामा गरिएको हो । करिव दुई साताअघि यो गीतको अडियो संस्करण देशका प्रमुख रेडियो स्टेशनमार्फत सार्वजनिक गरिएको थियो । करिव एक महिनाअघि यो गीतको म्युजिक भिडियो छायांकन गरिएको हो । मलोडियस शैलीको यो गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।
डेढ महिनापछि प्रदर्शन हुने चलचित्रका नायक–नायिकाले रोमान्टिक शैलीकै भूमिका निर्वाह गरेको यो गीतको भिडियोले दर्शकको मन जित्ने कुरामा निर्देशक खड्का त ढुक्क छन् नै, गायक मास्के पनि उत्तिकै आशावादी छन् । छ वर्षअघि संगीतकर्मी भानुभक्त ढकालसंग संगीतको औपचारिक प्रशिक्षण लिँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका गौरादह–१३, जुरोपानी, झापाका स्थायी वासिन्दा गायक मास्केले करिव चार वर्षसम्म संगीतको प्रशिक्षणलाई निरन्तरता दिएका थिए ।
यस्तो छ भिडियो :