महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

दक्षिण एसियाली मुलुकहरूको केन्द्रका रूपमा रहेको काठमाडौंबाट सोमवार चार भारतीय चेलीले ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान आरम्भ गरे । लैनचौरस्थित भारतीय दूतावासबाट उनीहरूको मोटर बाइक यात्रा आरम्भ भएको हो । उनीहरूले छोरीलाई बचाउने र उच्च शिक्षा दिलाउने अभियान प्रवद्र्धनका लागि यस्तो साहसिक यात्रा आरम्भ गरेका हुन् । उनीहरूले आफ्नो यात्रा सार्क अध्यक्ष मुलुक नेपालको काठमाडौंबाट आरम्भ गर्दै दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुक भारत, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया र सिंगापुर हुँदै ३६ दिनमा यात्रा पूरा गर्ने बताए ।
साइकोलोजीमा विद्यावारिधि गरेकी डा. सारिका मेहताको नेतृत्वमा उक्त टोली काठमाडौं आएर आफ्नो मोटरसाइकल यात्रा आरम्भ गरेको हो । उनीहरूले नेपाल दक्षिण एसियाको हव भएको कारण यहाँबाट यात्रा आरम्भ गरेको समेत जानकारी दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको मुख्यालय काठमाडौंमा रहेकाले नेपाल यस क्षेत्रको केन्द्रका रूपमा लिइन्छ । मेहता गुजरात राज्यबाट ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको ब्रान्ड एम्बेस्डर हुन् । मेहतासँगै इन्टेरियर डिजाइनर युग्मा देसाई पनि छिन् । उनले यसअघि पनि यस्तो अभियान आफैले संचालन गरेकी थिइन् । ख्याति एन देसाई अर्की सहभागी हुन् । उनी मानव संसाधन विकासमा स्नातकोत्तर हुन् । एक सन्तानकी आमा समेत रहेकी डुरिया एम तपी पनि यो यात्रामा छिन् । उनले ३० हजारभन्दा बढी यस्तो यात्रा गरिसकेको बताइएको छ । उनी क्लब बाइकिङ क्विनकी सदस्य पनि हुन् । उनीहरूको यात्राले यो क्षेत्रको जनस्तरको सम्बन्धलाई पनि माथि उठाउने बताइएको छ ।