पासवर्ड
रमेश अंकल घरमा आउँदा केटाकेटीहरू निकै खुसी हुन्थे । केटाकेटीलाई असाध्यै माया गर्ने उनको स्वभाव थियो ।

आस्था राउत, गायिका
नयाँ वर्षको योजना के छ ?
यसपटक स्वदेश तथा विदेशबाट नयाँ वर्षका प्रोग्रामका प्रस्तावहरू आइरहेका छन् तर नयाँ वर्ष प्रोग्राम, परिवार तथा साथीभाइसँग रमाइलो गरी मनाउनुभन्दा देशप्रति समर्पण गरी केही गरौं भन्ने सोच छ । नेपाललाई फोकस गरेर मेरो एल्बम आधार भाग–२ का केही गीत पनि नयाँ वर्षकै अवसर पारेर रिलिज गर्दैछु ।
सांगीतिक क्षेत्रका लागि नयाँ केही गर्दै हुनुहुन्छ कि ?
आधार एल्बमका गीतले छोरी, चेलीबेटीको आवाज बोकेका थिए । अबका एल्बममा पनि विविध क्षेत्रलाई समेटेर दबिएका आवाज बुलन्द पार्नेछु ।
संगीत क्षेत्रमा सुधार हुनुपर्ने पक्षहरू के–के छन् ?
रोयल्टी समाज गठन भएको छ तर कलाकारले रेडियो, एफएम तथा टिभीबाट रोयल्टी पाएका छैनन् । कलाकारलाई राष्ट्रको गहना मानिन्छ, तर हामी गहनाभन्दा पनि सम्पत्ति हौं । गहनाझैं कहिलेकाहीँ लगाएर फुकाल्ने वस्तु होइनौं हामी । यसमा सबै कलाकार एकजुट भएर लड्नु आवश्यक छ ।
तपाईंको नयाँ वर्षको संकल्प ?
अहिलेसम्म जे भन्छु त्यो पूरा गरेकै हुन्छु । त्यसैले रिजोलुसन लिन गार्हो छ । यसपटक व्यक्तिगत रूपमा आफूलाई परिमार्जित गर्न चाहन्छु । पानीजस्तै तरल भएर जता पनि मिल्न सक्ने हुने प्रयास गर्छु । म छिट्टै रिसाउँछु । जुन कुरा धेरै हदसम्म घातक छ । अब रिस नियन्त्रण गर्ने र ध्यानलाई निरन्तरता दिने योजना छ ।