Successfully Copied

फेसन

लाइट फेबि्रक, गर्मी नहुने, आफूलाई सजिलो र राम्रो देखिने हुनुपर्छ। अहिले ब्राइडलहरू रातो मात्र लगाउन खोज्दैनन्, रातोमा अफ ह्वाइट, गोल्डेन

रुना मानन्धर गुरुङ, फेसन डिजाइनर, इनोभ-८    

समरमा ब्राइडल वेयरका लागि कस्ता पहिरन बनाउँदा आकर्षक र कुल देखिन सकिन्छ ?

लाइट फेबि्रक, गर्मी नहुने, आफूलाई सजिलो र राम्रो देखिने हुनुपर्छ। अहिले ब्राइडलहरू रातो मात्र लगाउन खोज्दैनन्, रातोमा अफ ह्वाइट, गोल्डेन, पिंकका सेडहरू, रातोको प्याच वर्क पनि ब्लाउजमा प्रयोग गर्छन्। ब्राइडल वेयरका लागि लेहेंगा, साडीका साथै फ्लोर लेन्थको वान पिस, डबल लेयर लेहेंगा, फ्लोर लेन्थ अनारकल्ली पनि उपयुक्त हुन्छ। यसले कुल पनि देखाउँछ।

नेवार समुदायमा अहिले पनि दुपट्टा (बनारसी साडी) नै लगाउनुपर्ने मान्यता छ ? यसलाई मोडिफाइ गरेर कस्तो ब्राइडर वेयर  बनाउन सकिन्छ ?

अहिले बनारसी जस्तै देखिने ज्याकार्दो फेबि्रक बजारमा आएको छ। जुन बनारसीजस्तो गरुंगो हँुदैन। निकै हलुका हुने हुँदा दुलहीलाई गर्मी हुँदैन र सजिलो पनि हुन्छ। त्यसमा बनारसी बोर्डर प्याच गरेर लगाउँदा नेवारी संस्कृतिलाई निरन्तरता दिएजस्तो पनि देखिन्छ। यसमा साडीको तलको भाग लाइट फेबि्रक र पल्लु बनारसी राखेर मोर्डन लुक्स पनि दिन सकिन्छ। यसको सिल्क ब्लाउजमा लाइट वर्क गर्नुपर्छ।

मेहन्दी र संगीतमा दुलहीले कस्ता पहिरन लगाउनु उपयुक्त हुन्छ ?

अहिले विवाहमा संगीत र मेहन्दी कार्यक्रमको चलन बढेको छ। यसमा दुलहीले नाच्ने, गाउने र मेहन्दी लगाउने भएकाले सजिलो, सिल्भ एल्बो लेन्थ वा सिल्भलेस उपयुक्त हुन्छ। फेबि्रक लाइट नै हुनुपर्छ। कोरल कलर, मिन्ट, नियोन कलर प्याच भएको, कलरफुल राम्रो हुन्छ। कुर्तामा कन्ट्रास्ट वेस्टकोट पनि लगाउन सकिन्छ।

ब्राइडल वेयरका लागि कुन-कुन फेबि्रक प्रयोग गर्न सकिन्छ ?

नेट, सिफन र जर्जेट।     

विवाहपछि अफिस तथा पार्टीहरूमा लगाउन मिल्ने गरी कुन-कुन कलर र डिजाइनका पहिरन बनाउनुपर्छ ?

विवाह हुनुपूर्व धेरै पहिरन बनाएर लाने चलन छ तर ती पहिरन त्यति प्रयोगमा आउँदैनन्। तसर्थ विवाहअघि नै फेसन डिजाइनरको सल्लाह लिनुपर्छ। अनारकल्ली, लंग लेन्थ कुर्तामा चुडीदार, धोती, पाइन्ट विथ सर्ट बनाएर राख्नुपर्छ। कटन तथा जर्जेट फेबि्रकमा पिंक, पर्पल, अरेञ्ज, ग्रीन, रोयल ब्लुलगायत वार्म कलर र कोल्ड कलरको कन्ट्रास्ट प्याच वर्क गरेर अनारकल्ली बनाउन सकिन्छ। यसरी पूर्व तयारी गरे जस्तोसुकै ठाउँमा जान पनि सहज हुन्छ।

स्पा

अफुरो स्पा (नेपालमा पहिलो पटक भित्रिएको)

भवी शर्मा,संचालक, रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट

अफुरो के हो ?

अफुरो भनेको जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचारका साथै आरामदायी सेवा हो। यसले ब्याक पेन एवं स्किन एलर्जीको राम्रो उपचार गर्छ।

अफुरो कसरी बनेको हुन्छ ?

अफुरो ज्याकुजीसँग मिल्दो खालको हुन्छ तर यसमा कुनै किसिमका बवल्स (पानीका फोकाहरू) आउँदैनन्।

अफुरो स्पा गर्दा के हुन्छ ?

मानिसहरूको सरदर आयु बढी हुने विश्वास गरिन्छ।

यो स्पा कसरी गरिन्छ ?

अफुरोभित्रको पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्री सेल्सियससम्म हुन्छ र ग्राहकको चाहनाअनुसार तापक्रम घटबढ गर्न सकिन्छ। अफुरो भित्र गैसकेपछि आफ्नो घाँटी भन्दा तलको भागलाई तातोपानीभित्र डुबाएर आरामका साथ बस्नुपर्छ ।

कुन उमेर समूहका लागि अफुरो उपयुक्त छ ?

यो सेवा १० वर्षभन्दा माथिका जोकसैले लिन सक्छन्।

सरस्वती कटुवाल

 Image