राजदूत लोरेन्जोले उद्घाटन गरिन् ‘कलाशाला’
युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक जीवनका प्रमुख सिद्धान्तलाई केही सूत्रमा परिभाषित गर्नुपर्छ। जसलाई आफूसित बाँड्ने अधिकार हुन्छ, उसका साथमा सबथोक बाँड्नुपर्छ। जीवनमा इमान्दारिताका साथ अघि बढ्नुपर्छ। अरूलाई चोट वा नोक्सानी नपुगोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ। कुनै वस्तुको प्रयोगपछि त्यसलाई सही स्थानमा राख्नुपर्छ। चारैतिर फैलिएका र छरपस्ट भएकालाई समेट्नुपर्छ, सम्हाल्नुपर्छ। ती वस्तुमा हक जनाउनु हुँदैन, जुन आफ्ना होइनन्। कसैको मन दुखाइएको छ भने ऊसित क्षमा माग्नुपर्छ। स्वस्थ र सन्तुलित जीवन जिउनुपर्छ। नृत्य, गायन, चित्रकला आदि कुनै विषयमा रुचि राख्नु राम्रो हुन्छ। जीवनमा नियमबद्ध र अनुशासित रहनुपर्छ र हरेक काम सही तरिकाले गर्नुपर्छ। आफ्नो योग्यता वृद्धिका लागि प्रतिदिन केही आराम गर्नुपर्छ, समयअनुसार दिउँसो छोटो निद्रा राम्रो हुन्छ। आफ्ना मित्र एवं जीवनसाथीका साथ समय बिताउनुपर्छ। यसो गर्दा प्रेम एवं आत्मीयता बढ्छ। जब बाहिर गइन्छ, संसार वा बाहिरी समाजको आनन्द लिनुपर्छ तर भीडको हिस्सा बन्न अग्रसर हुनु ठीक होइन।
काम टार्ने र ढिलो गर्नेजस्ता बानी सफलताका शत्रु हुन्। काम ठूलो लाग्नु, मान्नु, सफलताको भय वा काम पूरा नहुने, गर्न नसक्ने भ्रम आदि काम विलम्व हुनुका कारण हुन सक्छन्। परिणामस्वरूप कतिपय मानिस समयमा काम प्रारम्भ गर्न पाउँदैनन् वा सक्दैनन्। अनावश्यक शंका पनि यसको कारण हुन सक्छ। नकारात्मक व्यक्ति एवं विचारले पनि नयाँ कामबाट टाढा राख्छ। त्यसको समाधान हो-निर्णय गरौं र काममा जुटौं। लक्ष्यसम्म पुग्न आफूलाई नयाँ उमङ्ग र जोसले भरिपूर्ण राख्नुपर्छ। आफ्नो जीवनको लगाम आफ्नै हातमा लिएर काम सुरु नगर्ने बहाना छोड्नुपर्छ। तिनको विश्लेषण गर्दै पूर्ण विश्वस्त रही तर्कशक्तिद्वारा तिनलाई पराजित गर्नुपर्छ। एकपटक यसो गरिसकेपछि तिनमा केन्दि्रत रहनु हुँदैन। लक्ष्यलाई तहतहमा विभाजित गर्न सकिन्छ र प्रत्येक स-साना उपलब्धिका लागि स्वयंलाई पुरस्कृत गर्नुपर्छ।
सफलतासित जोडिएका मानसिक प्रवृत्ति, अवचेतन विचारधारा, विश्वास एवं भावनालाई प्रोत्साहित गर्नुपर्छ। यस्तो मानसिक वातावरण तयार गर्नुपर्छ जहाँ सबै कुण्ठित भावना र दमित विचारबाट माथि उठेर लक्ष्यसम्म पुग्न सकिन्छ। यसबाट सहज रूपमा आफ्नो चिन्तनमाथि नियन्त्रण प्राप्त गर्न सकिन्छ। असफलताका सम्बन्धमा सोच्नुभन्दा सफलतातर्फ अग्रसर हुने चिन्तन गर्नु उत्तम हो। कुनै बानी त्याग गर्नु वा ठूलो लक्ष्यसम्म पुग्ने प्रयास गर्नु आफंैमा एउटा कठिन प्रक्रिया हो। यस्तो बेला अवसादले आत्मविश्वासमा हानि पुर्याउन सक्छ। यसले त्यस्तो परिस्थितिसम्म ल्याउन सक्छ, जहाँ आफूले चाहेर पनि केही गर्न नसक्ने स्थिति हुन्छ। जीवनका विभिन्न स्थितिमा आफ्नो भूमिका, मानसिकता, विश्वास, प्रवृत्ति एवं भित्री आवाजले नै हाम्रा रुचि, अरुचि, कार्य र प्रतिक्रियालाई तय गर्छ। जबसम्म स्वयंलाई पराजित मानिन्छ र आफ्नो प्रवृत्ति सकारात्मक बनाइँदैन तबसम्म जीवनमा केही गर्न सकिँदैन। आफ्नो विचारधारा परिवर्तन गरी स्वयंमाथि विश्वास नगरेसम्म सफलता प्राप्त हुन सक्दैन भन्ने सोच्नु गलत हो। सकारात्मक विचारका लागि सफल मानिसका विचार, मानसिकता एवं विश्वासलाई आफ्नो जीवनमा उतार्नु, पछ्याउनु तथा आत्मसुझाव दिनु उपयुक्त हुन्छ। आफ्नो आवश्यकताअनुसार सकारात्मक आत्मसुझाव तयार गर्नुपर्छ। यसका लागि आजैदेखि नयाँ कामको थालनी गर्नुपर्छ।