‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
मिस नेपाल २०११ की सेकेन्ड रनर अप शुभेच्छा खड्का अहिले ईसीएस मिडियामा भिडियोग्राफीमा व्यस्त छिन् जसमा उनी ईसीएस होम कार्यक्रम चलाइरहेकी छिन्। उक्त शोमा गाडीदेखि सम्पूर्ण नयाँ ग्याजेटहरूको रिभ्यु गरेर हिमालयन टिभी र युट्युबमा राखिन्छ भने ग्याजेटप्रेमीहरूको टक शो एवं कार्यक्रमहरू पनि देखाइन्छ। ८ महिनाअघिदेखि यो कार्यक्रम चलाइरहेकी शुभेच्छा आफूलाई पनि ग्याजेटप्रेमी मान्छिन्। उनका लागि ग्याजेट हरेक दिन नभई नहुने सामग्री हो। एचटीसी फोन, सामसुङ ट्याबलेट, क्याननको क्यामेरा तथा ल्यापटप उनका साथमा हुने ग्याजेट हुन्। फोटो खिच्ने रुचि भएकी शुभेच्छा कतै जाँदा अनेकौं दृश्य कैद गरेर ल्याउँछिन्। उनी फोटो कलेक्सनमा पनि रुचि राख्छिन्। बीबीए तेस्रो वर्ष अध्ययनरत शुभेच्छाले भर्खरै कमलमान सिंहसँग एउटा म्युजिक भिडियोको काम सकेकी छिन्। खड्कामा नयाँ मानिसहरूसँग छिट्टै घुलमिल हुन सक्ने खुबी छ। अहिले उनी भैंसेपाटीमा रहेका १० जना असहाय बालबालिकाको रेखदेख गर्दैछिन्। शुभेच्छा तिनीहरूलाई खाना तथा विभिन्न उपहार पनि दिइरहन्छिन्। ती बालबालिकाहरू उनका परिवारजस्तै भैसकेको बताउँदै शुभेच्छा भन्छिन्, 'म आफ्नो कमाइको केही रकम त्यस्ता बालबालिकाहरूलाई सहयोग गरिरहनेछु यसबाट मलाई अपार सन्तुष्टि मिल्छ।'
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : एक्सप्रेस नेपाल, राइजिङ नेपाल पहिलो तल्ला, दरबारमार्ग
मेकअप तथा हेयर स्टाइल : ओनिसा मुल्मी तथा ओकासा मुल्मी, गर्लज ब्युटिपार्लर, इन्द्रचोक तथा पाको न्यूरोड