Successfully Copied

अकेशा

सन् २०११ को मिस नेपाल प्रतियोगितामा मिस फोटोजेनिक उपाधि हासिल गरेकी अकेशा विष्टले त्यसलगत्तै केही समय तराई टेलिभिजनमा

सन् २०११ को मिस नेपाल प्रतियोगितामा मिस फोटोजेनिक उपाधि हासिल गरेकी अकेशा विष्टले त्यसलगत्तै केही समय तराई टेलिभिजनमा भिजेका रूपमा काम गरिन्। आमाको रहरमा मिस नेपालमा भाग लिएकी अकेशा मिडियामा पनि आमाकै इच्छाबमोजिम आएकी हुन्। मिडिया क्षेत्रलाई नशाका रूपमा लिने अकेशा केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा सक्रिय छिन्। सुरुमा बहुचर्चित लाइभ कार्यक्रम कल कान्तिपुरबाट दर्शकमाझ आएकी अकेशा अहिले कल कान्तिपुरका साथमा म्युजिक मेला पनि चलाइरहेकी छिन्। केही र्‍याम्प शोमा हिँडिसकेकी अकेशा यो समय म्युजिक भिडियोहरूमा समेत छाइरहेकी छिन्। उनका अहिलेसम्म २२ वटा म्युजिक भिडियो बजारमा आइसकेका छन्। जसमा मिलन अमात्यको 'म पग्लिसकंे', प्रमोद खरेलको 'हंगामा भो' तथा अमिर सेखको 'कर्के नजर' दर्शकले धेरै मन पराएका भिडियोमा पर्छर्न्। केही चलचित्रबाट अफर आए पनि काम नगरेकी अकेशा भन्छिन्- एकदम राम्रो स्त्रिmप्ट र भूमिका छ भने पक्कै पनि मलाई नायिकाका रूपमा पाउनुहुनेछ।

अकेशामा दर्शकले थाहा नपाएका धेरै खुबी छन्। उनी राम्री कलाकार पनि हुन्। उनी स्कुल लाइफदेखि नै ओपल पेन्टिङ गर्थिन्। घरमा उनका कलेक्सनहरू छन् भने लिभिङ रूममा उनको पहिलो पेन्टिङ सजाइएको छ। कलेज पढ्दा उनले बनाएको एउटा पेन्टिङ ८ हजारमा बिक्री भएको मीठो अनुभव पनि उनीसँग छ। भविष्यमा आर्ट एक्जिविसन गर्ने सोच पनि भएको अकेशाले बताइन्। उनी उपन्यास धेरै नै पढ्छिन्। फिक्सन बढी पढ्ने अकेशालाई मनपर्ने उपन्यासकार पोलो क्वोयल हुन्।

प्रायः पर्फ]{ट भएर हिँड्न रुचाउने विष्ट जिन्समा बढी देखिन्छिन्। विशेष समयमा भने निलेन्थ र सर्ट डे्रसहरूमा हिँड्न रुचाउँछिन्। छालाका लागि खासै केही नगर्ने अकेशा पानी भने दैनिक १०-१२ गिलास पिउँछिन्, साथै सिजनल फलफूलहरू खाइरहन्छिन्।

भ्यालेन्टाइन-डे नजिक आइरहेको र त्यही कन्सेप्टमा नारीको कभर फोटो सुट गर्ने क्रममा उनले भने आफ्नो ब्वाइफ्रेन्ड नभएको र नेपालमा खोजेजस्तो राम्रो मान्छेको अभाव भएको बताइन्। प्रेमी नभए पनि उक्त दिन साथीहरूसँग बसेर रमाइलोसँग बिताउने उनको योजना छ। केही वर्ष मिडियामा रहने र पछि के गर्ने त्यही बेला थाहा हुने उनले बताइन्। अकेशा भोलिलाई भन्दा आजलाई प्राथमिकता दिने युवती हुन्।

प्रस्तुति ः सिर्जना दुवाल श्रेष्ठ

तस्बिर ः महेश प्रधान

 Image