लोटस हर्बलको बेबी प्लस
बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो ।
अहिलेको फेसनेबल आउटफिट
प्लाज
पेट र स्कर्टको कम्बिनेसनलाई ध्यानमा राखी डिजाइन गरिएको प्लाज अहिले फेसनमा छ । यो पहिरनलाई स्टाइल स्टेटमेन्ट पनि बनाउन सकिन्छ । प्लाजले स्टाइलिस लुक्स दिन्छ र आरामदायक पनि छ । प्लेन भन्दा प्रिन्टेड प्लाजले आकर्षक लुक्स दिन्छ । नियमित प्रयोग गर्नेहरूले प्लाजमा सेतो अथवा कालो टिसर्ट लगाउनु उचित हुन्छ ।
फेमिनिन लुक्स दिनलाई प्लाजका साथमा लेस वा इम्ब्रोइडरी गरिएको टप्स म्याच गर्छ । प्लाजमा ज्याकेट वा ब्लेजर लगाएर फर्मल लुक्स दिन सकिन्छ । यसमा हाई हिल, ब्राड बेल्ट र हेभी ब्याग बोक्दा आकर्षक क्याजुअल लुक्स देखिन्छ ।