दैनिक जनजीवनलाई सहज तुल्याउन विविध विद्युतीय सामग्री थपिँदै जान थालेका छन् । एक–दुई दशकअघिसम्म कम्मरमा दर्हो पटुका कसेर लुगा धुने, भाँडा मस्काउने अनि अचार–मसला पिस्ने काम गर्दा मात्र होइन सम्झिँदा पनि पसिना छुट्ने गृहिणीहरू आज यस्ता घरायसी सामग्रीलाई वरदान मान्छन् ।