Successfully Copied

महिलालाई सञ्चार क्षेत्रको निर्णायक तहमा पुर्याउन आवश्यक छ

पत्रकारिताको विकास हाम्रै पालामा थियो । बल्लबल्ल टाइप गरेर समाचार पठाउने पनि हाम्रै दिनमा थिए, अहिले न्यू मिडिया आइसक्यो । न्यू मिडियालाई व्यावसायिक रूपमा लानुपर्छ । मिडिया साक्षरता पनि जरुरी छ ।


विमला भण्डारी (अध्यक्ष, पत्रकार महासंघ कास्की)
नेपाल पत्रकार महासंघ कास्कीकी प्रथम महिला अध्यक्ष हुन् विमला भण्डारी । २२ वर्षअघि माछापुच्छ्रे एफएमबाट पत्रकारिता सुरु गरेकी उनले मुलुकभर जम्मा १८ प्रतिशत मात्रै रहेको पत्रकार महिलाको संख्या बढाउन मात्र होइन उनीहरूलाई नेतृत्व तहमै पु¥याउन लागिपरेकी छिन् । उनै विमलासँग गरिएको कुराकानी ः
प्रस्तुतिः लक्ष्मी भण्डारी
अहिले केमा व्यस्त हुनुहुन्छ ?
पत्रकारको हकहित र क्षमता अभिवृद्धिको काममा व्यस्त छु । आम नागरिकका मुद्दा, उनीहरूका हरेक यात्रामा सहयात्री बनेर हिँड्ने काममै लागेकी छु ।
त्यतिबेला पुरुषले गर्ने काम पत्रकारिता क्षेत्रमा कसरी मोह भयो ?
२२ वर्षअघि हाम्रो ठाउँमा पत्रकारितामा खासै महिला थिएनन् । पोखराको पहिलो एफएम रेडियो माछापुच्छ«ेबाट महिलाको आवाज मुखरित गर्ने ‘महिला आवाज’ कार्यक्रम सुरु गरें । त्यसपछि समाचारमा काम गरें । पत्रकारितासँगै विकासको क्षेत्रमा पनि काम गरें । युवा फोरम क्याम्पियन सुरु गर्दा महिला संख्या बढी थियो । जहाँ जाँदा पनि पत्रकार भनेको पुरुष मात्रै हो, समाचार लेख्ने पुरुष मात्रै हुन्छन् भन्ने सोच थियो । यो देखेर कम्तीमा यही क्षेत्रमा लागियो भने केही न केही गर्न सकिन्छ भन्ने थियो । रेडियो नेपाल सुन्दा महिला आवाज कमै सुनिन्थ्यो । यही क्षेत्रभित्रै पसेर महिलाकै लागि केही गर्न सकिन्छ भनेर पत्रकारितातर्फ मोह बढ्यो ।


नेपाली पत्रकारिता क्षेत्रमा अब गर्नैपर्ने आवश्यकता के देख्नुहुन्छ ?

पत्रकारिताको विकास हाम्रै पालामा थियो । बल्लबल्ल टाइप गरेर समाचार पठाउने पनि हाम्रै दिनमा थिए, अहिले न्यू मिडिया आइसक्यो । न्यू मिडियालाई व्यावसायिक रूपमा लानुपर्छ । मिडिया साक्षरता पनि जरुरी छ । महिलालाई सञ्चार क्षेत्रको निर्णायक तहमा पु¥याउन आवश्यक छ । महिलाले मात्रै किन चलाउन सक्दैनन् भनेर मैले महिलाले मात्रै नेतृत्व गरेको रेडियो जननी सुरुवात गरें । त्यसपछि बल्ल पोखरामा महिलालाई स्टेशन म्यानेजर, सम्पादक दिन थाले ।
पत्रकारिता, सामाजिक एवं राजनीतिलाई कसरी अघि बढाइरहनुभएको छ ?
म पत्रकारितामार्फत विकासमा दृढ मान्छे हुँ । त्यसरी नै काम गर्दै आएकी छु । २०५४ बाट विद्यार्थी राजनीति सुरु गरें । ०६१ मा आएर स्ववियु निर्वाचन लडें । पिएन क्याम्पसमा त्यतिबेला अत्याधिक मत आयो । त्यसपछि पत्रकारितालाई निरन्तरता दिएँ । ०६३ मा विवाहपछि पत्रकारिता गर्दै पारिवारिक व्यवस्थापनलाई अघि बढाएँ । महिला न्यायिक मञ्च क्याम्पियन सुरु गरियो, जसमा स्थानीय तहका लक्षित समूहको सशक्तीकरणका मुद्दा जोडिएका थिए । १८ वटा वडामा संयोजक भएर काम गरें । महिलाहरूका न्यायिक अधिकारलगायत आर्थिक आत्मनिर्भरताका काम पनि भए । मैले विकास राजनीति गरें । प्रेस युनियनका विभिन्न पदमा बसेर काम गरे पनि पत्रकारितालाई नै मूल पेसा बनाएँ । यी सबै चुनौतीपूर्ण पेसा हुन् । पत्रकारितामा राजनीति कहिल्यै गरिन । संयुक्त राष्ट्रसंघको महिला बेचबिखनविरुद्धको कार्यक्रममा पाँच काम वर्ष गरें । अहिले पनि यी तीनै क्षेत्रमा उत्तिकै सक्रिय छु । पारिवारिक सहयोग, आफूभित्रको इच्छाशक्ति र समाजका लागि केही गरौं भन्ने सोचले आजसम्म सन्तुलित हिसाबले अघि बढ्न सकिरहेकी छु ।
महिलालाई निर्णायक तहमा पु¥याउन के–कस्ता समस्या देख्नुहुन्छ, कसरी धेरै भन्दा धेरै महिलालाई नीति निर्माण तहमा पु¥याउन सकिएला ?
नेपाली महिलाका लागि थुप्रै अवसर छन् । म अमेरिकन एम्बेसीको सन् २०२२ को इन्टरनेसल भिजिटर लिडरसीप प्रोग्राम (आइबिएलपी) गएँ, ‘भ्रामक सूचना’ का बारेमा गहिरो अध्ययन गर्न सफल भएँ । आफूले निरन्तर काम ग¥यो भने अवसर हामीलाई खोज्दै आउँछ । तर पितृसत्तात्मक सोच अझै छ । म महासंघकै अध्यक्ष हुँदा पनि कम आँकिएकै हो । त्यस्ता सोच चिरिनुपर्छ । राज्यले पनि महिलाका लागि वातावरण बनाइदिने, प्रोत्साहन गर्ने गर्नुपर्छ । महिला स्वयं पनि अग्रसर हुनुप¥यो । साथै महिलाले आफ्नो क्षमता पनि अभिवृद्धि गर्नुपर्छ ।
केही योजना र सन्देश छन् कि ?
म घरकी चौथो छोरी हुँ । मलाई जन्माउँदा मेरी आमा छोरी जन्मिइन् भन्नुपर्ला भनेर राति धारामा गएर लुगा धुनुहुन्थ्यो रे । आमाले म ९ कक्षामा पढ्दा यी कुरा भन्दै छोरी तिम्रो कारणले मेरो शिर ननिहुरियोस्, तिमी अगुवा हुनुपर्छ भनेर आमाले भनेकै कारण नारीलाई निर्णायक तहमा ल्याउनुपर्छ भनेर लागिपरिहेकी छु । जबसम्म यो पूरा हुँदैन लागिरहने योजना छ । नीति बनाउने ठाउँमा पुग्न र अरूलाई पु¥याउन म संघर्षरत छु । तर परिवर्तन एक्लैले गरेर सम्भव छैन । आफूले जित्दा सँगै जित्नेहरूको संख्या बढाउनुपर्छ । त्यो गर्न सकियो भने मात्र समाज द्रुत गतिमा अघि बढ्छ । यसका लागि महिला एकता र ऐक्यबद्धता जरुरी छ ।

 Image