Successfully Copied

वैकल्पिक ऊर्जा सोलार पावर

सौर्य शक्तिबाट नि:शुल्क लाभ लिँदै घर–घरमा चुल्हो बाल्ने, ग्यासको समस्याबाट मुक्त हुनुका साथै लोडसेडिङबाट पनि मुक्त हुने प्रविधि हो । ‘गो ग्रिन’ को अवधारण बोकेको यो प्रविधिले धूलो, धूवाँरहित वातावरण कायम गर्नुका साथै आफ्नो देशको इनर्जी देशमै प्रयोग हुने काम गर्छ ।

                                                                डा. तुमला शाह

                                                              कार्यकारी निर्देशक,

                                                     एस एण्ड पी कन्सल्टेन्ट, लालदरबार

सोलार पावर टेक्नोलोजी के हो ?

सौर्य शक्तिबाट नि:शुल्क लाभ लिँदै घर–घरमा चुल्हो बाल्ने, ग्यासको समस्याबाट मुक्त हुनुका साथै लोडसेडिङबाट पनि मुक्त हुने प्रविधि हो । ‘गो ग्रिन’ को अवधारण बोकेको यो प्रविधिले धूलो, धूवाँरहित वातावरण कायम गर्नुका साथै आफ्नो देशको इनर्जी देशमै प्रयोग हुने काम गर्छ ।

यो नेपालमा कत्तिको प्रभावकारी छ ?

खाना पकाउन, बत्ती बाल्न, विद्युत् खपत कम गर्न निकै उपयोगी हुन्छ ।

यसका फाइदा के–कस्ता छन् ?

यो वातावरणमैत्री छ, यसले वातावरण स्वच्छ राख्छ । लोडसेडिङ मुक्त बनाउँछ । वातावरण प्रदूषित हुँदा लाग्ने रोगबाट जोगाउँछ । कतिपयको करेन्टका कारण मृत्यु हुन्छ । सोलार सिस्टम हाइ भोल्टेज हुनासाथ आफैं निभ्छ । त्यसैले करेन्ट लाग्ने सम्भावना हुँदैन । यसको प्रयोग विदेशमा प्रशस्त भएको छ । त्यहाँ सोलार सिटी, सोलार हाइवे आदि समेत छन् । गाडी पनि सोलारबाट चल्छ । नेपालमा पनि घर–घरमा विद्युत् उत्पादन गर्न सके व्यक्तिगत खर्च कम हुनुका साथै देश पनि धनी हुनसक्छ । यसबाट टेलिभिजन हेर्न, खाना पकाउन, बत्ती बाल्न, फ्रिज चलाउन तथा पानी तान्न सकिन्छ भने बत्तीको बिल आधा कम आउँछ ।

सोलार सिस्टम जोड्न खर्च कति लाग्छ ?

आफूले कति केभीएको सोलार पावर जोड्ने तथा त्यसलाई के–केमा प्रयोग गर्ने हो त्यसमा खर्च निर्भर गर्छ । यसमा प्यानल, ब्याट्री तथा इन्भर्टर जोड्नुपर्छ । के–केमा सोलारको प्रयोग गर्ने हो सोहीअनुसारको केभीए सोलार पावर निर्धारण हुन्छ । कति केभीएको जडान गर्ने हो हेरेर डेढ लाखदेखि पाँच लाखसम्म पर्न सक्छ ।

घाम नलागेको अवस्थामा के गर्ने ?

यसमा नो सनलाइट डेको समेत सुविधा छ । यद्यपि त्यसका लागि खर्च केही बढी लाग्छ ।

सोलार पावर कति समयसम्म रहन्छ ?

सोलार प्यानलको आयु २५ वर्ष तथा ब्याट्रीको १० देखि १५ वर्ष हुन्छ । लिड एसिड ब्याट्री भएकाले यसको आयु सामान्य ब्याट्रीभन्दा बढी हुन्छ । दिउँसो घाम लाग्दा प्यानलबाटै इलेक्ट्रिसिटी जेनरेट हुने भएकाले ब्याट्रीको आयु अझ बढ्छ ।

यसबाट कतिले लाभ लिएका छन् ।

हालसम्म काठमाडौंका १३ घरमा यो सेवा जडान भैसकेको छ । केही समयपछि बुटवल र पोखरामा पनि विस्तार हुँदैछ । सोलार एन्ड कम्पनीले अमेरिकी सोलार प्रणालीलाई नेपालमा प्रयोगमा ल्याएको हो ।

विद्युत् नपुगेका ठाउँमा यो कत्तिको उपयोगी छ ?

विद्युत् नपुगेका ठाउँमा पनि यो त्यत्तिकै उपयोगी छ । विद्युत् सेवा लिनुभन्दा सोलार पावर जोड्न सहज छ । हाम्रो कम्पनीले त्यस्ता ठाउँलाई प्राथमिकता पनि दिनेछ । यसका लागि सोलार सिस्टमका बारेमा जनचेतना जगाउने तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथै सरकारसँग सहकार्य गर्ने योजना पनि छ ।

 Image