"पद्य र गद्य लेखनका आ–आफ्नै सामर्थ्य" - शारदा शर्मा, साहित्यकार
र कतिपय मान्छेको ध्यान कथ्यमा जाँदैन, ती पात्र मात्र सम्झन्छन् । पात्रहरू समकालीन छन् तिनमाथि आग्रह पनि छ भने अझ बढी सम्झन्छन् । त्यसमा त के गर्न सकिन्छ र ?
पहिलो चलचित्रबाटै धेरैको नजरमा पर्नुभयो नि ?
अभिनय गरेको एउटा मात्र चलचित्र प्रदर्शन भएर स्थापित हुने थोरै अभिनेत्रीहरूमा म पनि परेँ । ऐश्वर्यको सफलतासँगै अभिनयमा स्थापित हुन पाउँदा सार्है दंग छु ।
अहिले कत्तिको व्यस्त हुनुहुन्छ ?
ऐश्वर्यपछि धेरै चलचित्रका लागि प्रस्ताव आइरहेका छन् । म स्क्रिप्ट पढ्दै, निर्माता–निर्देशकसँगको भेटघाटमा व्यस्त छु ।
त्यसो भए चलचित्रमै जम्ने योजना छ ?
म यतिबेला स्नातकोत्तर पहिलो वर्षको अन्तिम परीक्षाको तयारीमा छु, अध्ययन पूरा गरेपछि मात्र पूर्णरूपले चलचित्रमा लाग्ने सोच छ । यो समयमा म अभिनय, पर्सनल ग्रुमिङ, नृत्य आदिको प्रशिक्षण लिएर आफूमा निखार ल्याउनेछु ।
नायिका हुन्छु भन्ने सोच बनाउनुभएको थियो ?
स्कुल–कलेज पढ्दादेखि नै सबैले तिमी नायिकाका लागि परफेक्ट छौ भन्थे । ममा पनि कुनै दिन नायिकाका रूपमा चलचित्रमा देखा पर्नेसम्म सपना थियो तर पहिलो चलचित्रबाटै चर्चित हुन्छु भनेर कल्पनासम्म गरेकी थिइन ।
मनपर्ने नायक तथा नायिका ?
गौरी मल्ल र राजेश हमाल ।