Successfully Copied

यसरी गर्ने घरको ‘इन्टेरियर डिजाइन’

सबभन्दा महत्वपूर्ण कुरा, भान्सामा काम गर्दा कुन पछि के काम गर्नुपर्छ त्यसअनुरूप‘सिंक’, ‘फ्रिज’ र ग्यास सबैको ‘प्लेसमेन्ट’ राम्रोसँग मिलाएर राख्ने व्यवस्थापनमा विशेष ध्यान दिन्छौं ।


कुनै पनि घरको ‘इन्टेरियर डिजाइन’ गर्दा वा सुरुवात गर्दा हरेक व्यक्तिले आ–आफ्नै सपना बोकेका हुन्छन् । मालिकले आफ्नो घर राम्रो बनाउन चाहन्छन् । त्यही भावना र विचारलाई हामीले आफ्नो आइडिया र अनुभवले सजाउने प्रयास गर्छौं ।
घरको डिजाइन गर्दा हामी र ग्राहकबीच धेरै सल्लाह गरी ‘फुल इन्टेरियर डिजाइन’ गर्छौं ।


सुरुमा ‘ग्राउन्ड फ्लोर’को ‘लिभिङ रुम’ कस्तो बनाउने भन्नेबारे मालिकको भावनालाई मध्यनजर गरी आधुनिक र परम्परागत बनाउने प्रयास पनि हामीले गर्छौं । परम्परागत ‘थिम’का लागि एउटा भित्ता नेपाली इट्टा प्रयोग गरी त्यही भित्तामा खोपीहरू निकालेर त्यसमा नेपाली पुराना मूर्तिहरूले सजाउने काम गर्छौं । यस्तै बाँकी ठाउँमा ‘फ्युजन डिजाइन’– आधुनिक सोफा, ¥याकहरूको डिजाइन गरी बनाउँछौं ।


घरको ‘सफ्ट एरिया’ भनेर साना बच्चाहरूको कोठालाई समावेश गरिन्छ । यसमा‘किड्स रुम’ लाई अलिक भण्डारण धेरै हुने गरी व्यवस्थापन गर्ने प्रयास हाम्रो रहन्छ । साथै ‘बेड’ एकदम ‘टिपिकल’ जस्तो नदेखियोस् भनेर डिजाइन गरी घर बनाउँछौं । ‘रेलिङ’ को ‘सपोर्ट’ गर्दै ‘सेफ्टी’ लाई ध्यानमा राखी ‘बेड’ को बनाउँछौं । ‘रुम’को ‘बेड’ र ‘स्टडी टेबल’ का साथै सबै वस्तुलाई एउटै ‘थिम’ राखेर डिजाइन गर्छौं ।


घरको ‘कलर कम्बिनेसन’ मा ‘सफ्ट’ र ‘सुथिङ’ प्रयोग गर्छौं । जसलाई छुनासाथ ‘रिल्याक्स’ महसुस गराउँछ । यसैगरी ‘क्लाइन्ट’को आ–आफ्नो छुट्टै ‘स्टडी रुम’, ‘अफिस’ होस् भन्ने सोचाइ पनि हुन्छ । ‘अफिस रुम’लाई प्रत्येक व्यक्तिपिच्छे टेबल, कुर्सी दिँदै भित्तामा ‘फोमी क्लाडिङ’ गर्छौं । सबै ‘रुम’ लाई ‘पाइन भिनर ग्रे फर्मीका’ को कलर कम्बिनेसन मिलाउँछांै । साथै ‘बुक’ तथा ‘फाइल स्टोरेज’को ठाउँ पनि पर्याप्त रहने व्यवस्थापन गर्छौं ।


घरमा ‘फेमिली रुम’ को बेग्लै महत्व रहेको हुन्छ । यसमा धेरै समय बिताउने भएकाले यहाँको सोफा सहज र आरामदायक हुनुपर्छ भन्ने तथ्यलाई बुझेर त्यहीअनुसार डिजाइन गर्छौं । ‘फ्लोरिङ’ पनि सुहाउँदो हुनु जरुरी छ । हामीले बनाएको घरमा सानो ‘फेमिली रुम’ पनि हुने भएकाले सबै ‘लाइटसेड’ प्रयोग गर्छौं ।


यसैगरी, भान्साकोठालाई पूर्णरूपमा आधुनिक ‘थिम’ मा ढल्काउन कुनै कसर हामीले बाँकी राख्दैनौं । यसले सरसफाइ गर्दा सजिलो हुनुका साथै भान्साका उपकरण र सामग्रीलाई आफ्नो ठाउ“मा राख्न सहयोग पु¥याउँछ । भान्सा भन्नेबित्तिकै धेरै ‘स्टोरेज’लाई ध्यानमा राख्नुपर्छ । त्यसैले धेरै ‘क्याबिनेट स्टोरेज’ को डिजाइन गर्नुपर्छ । सबभन्दा महत्वपूर्ण कुरा, भान्सामा काम गर्दा कुन पछि के काम गर्नुपर्छ त्यसअनुरूप‘सिंक’, ‘फ्रिज’ र ग्यास सबैको ‘प्लेसमेन्ट’ राम्रोसँग मिलाएर राख्ने व्यवस्थापनमा विशेष ध्यान दिन्छौं । साथै वास्तुलाई ध्यानमा राखेर ‘प्लेसमेन्ट’ गर्दा सकारात्मक ‘भाइब्स’ले वास गर्छ भन्ने विषयमा पनि हाम्रो विशेष जोड हुन्छ ।


अर्को कुरा, घरमा सबैभन्दा महत्वपूर्ण ‘बेडरुम’ हो । त्यसमा प्रवेश गर्नासाथ शान्त, शीतल र आनन्ददायक हुनुपर्छ । हामीले बनाएको घरमा सबै ‘लाइट कम्बिनेसन’(जस्तै ःवाल, फ्लोरिङ साथै फेब्रिकहरू) प्रयोग गर्छौं । फेब्रिकको प्रयोग (जस्तै–बेडसिट, हेडबोर्ड, पर्दा, सोफा, कुसन) आदिमा गरिएको हुन्छ । ‘बेडरुम’ केही ‘लक्जरियस’ बनाउनुका साथै सहज ‘प्लेसमेन्ट’ वा ‘डिजाइन’ गर्नुपर्छ । यसमा हामी सधै सचेत रहन्छौं ।

‘सिलिङ’ पनि हलुंगो र बेडमा पल्टिएर हेर्दा आँखालाई शीतल खालको हुनुपर्छ । धेरै प्रकाशले आँखालाई अप्ठ्यारो पार्छ । त्यसैले साधारण, सादा सिलिङ र प्रकाशको त्यही अनुसार व्यवस्थापन हुने गरी डिजाइनमा हाम्रो विशेष जोड हुन्छ । यी र यस्तै डिजाइनलाई ध्यानमा राखेर हामीले चाबहिल रेसिडेन्स बनाएका छौं ।
(सापकोटा इन्टेरियर डिजाइनर हुन्)

 Image