Successfully Copied

एन्टिक रोयल क्लासिक फर्निचर

घरलाई फरक ‘लुक’ प्रदान गर्न फर्निचरको महत्वपूर्ण भूमिका हुन्छ । यसमा हरेक व्यक्तिको आ–आफ्नै छनोट भने हुनसक्छ । कसैलाई आधुनिक डिजाइन मनपर्छ भने कसैलाई पुरानो शैली । पुरानो डिजाइनका लागि ‘एन्टिक रोयल क्लासिक फर्निचर’ धेरै माझ लोकप्रिय छ ।

घरलाई फरक ‘लुक’ प्रदान गर्न फर्निचरको महत्वपूर्ण भूमिका हुन्छ । यसमा हरेक व्यक्तिको आ–आफ्नै छनोट भने हुनसक्छ । कसैलाई आधुनिक डिजाइन मनपर्छ भने कसैलाई पुरानो शैली । पुरानो डिजाइनका लागि ‘एन्टिक रोयल क्लासिक फर्निचर’ धेरै माझ लोकप्रिय छ । पुरानै शैलीका फर्निचरका कारण पछिल्लो समय यसलाई पछ्याउनेहरू बढेका छन् । घरलाई ‘एन्टिक रोयल क्लासिक लुक’ लिने केही फर्निचरहरू यहाँ प्रस्तुत गरिएको छ–

बेड
जंगली सिसौको काठबाट बनेका यी बेडहरूको मूल्य ४५ हजारदेखि सुरु भएर ४ लाखसम्म पर्छ । हेर्दा एकदमै भव्य देखिने यी ‘बेड’ ले ‘बेडरुम’को सुन्दरतालाई थप निखारिदिन्छन् । यी बालबालिकाको कोठादेखि सबै कोठामा राख्न सकिन्छ । धेरैले यस्ता ‘बेड मास्टर बेडरुम’मा राख्ने गरेका छन् । पछिल्लो समय गोल्डेन, कफी र प्राकृतिक रंगका बेड चलेका छन् । यसमा रेक्जिन राखेर पनि डिजाइन गरिन्छ ।



सोफा सेट
यो सोफा सेटले बैठक कोठालाई ‘रोयल लुक’ दिन्छ । यो पाँचदेखि सात जना बस्न मिल्नेगरी बनाउन सकिन्छ । धेरैले पाँच जना बस्न मिल्ने खरिद गर्ने गरेका छन् । यसको मूल्य एक लाख ५० हजारदेखि तीन लाख ८० हजार रुपैयाँसम्म पर्छ । साथै यो सोफा सेटमा ग्राहकको आवश्यकतानुसार ‘टी–टेबल’ राख्न सकिन्छ । ‘टी–टेबल’ सहितको सोफा सेटको मूल्य भने तीन लाख ७० हजार रुपैयाँ पर्न आउँछ । यसमा पनि जंगली सिसौको काठको प्रयोग गरिएको हुन्छ । ‘रेक्जिन’ र ‘फेब्रिक’ दुवैमा यसको ‘डिजाइन’ गर्न सकिन्छ । यसलाई ‘रिपेयर’ पनि गर्न मिल्छ । 

कन्सोल टेबल
घरलाई आकर्षक देखाउन ‘कन्सोल टेबल’ को महत्वपूर्ण भूमिका हुन्छ । यसमा एउटा टेबल र एउटा ऐना हुन्छ । यसले धेरै ठाउँ ओगट्दैन । टेबलमा ‘डेकोरेटिभ पिस’, फूलदानी आदि राख्न सकिन्छ । यसलाई शयनकोठा वा बैठक कोठामा राख्न सकिन्छ । यसको मूल्य ८० हजारदेखि तीन लाख रुपैयाँ पर्छ । 

डाइनिङ टेबल
‘डाइनिङ टेबल’ चार र छ वटा कुर्सीको ‘सेट’मा बनाउन सकिन्छ । यसको मूल्य कुर्सीको गुणस्तरमा भर पर्छ । एउटा कुर्सीको मूल्य १० देखि ३० हजार रुपैयाँसम्म पर्छ । यसको सेट एक लाख पाँच हजारदेखि तीन लाख रुपैयाँमा खरिद गर्न सकिन्छ । 

कर्नर टेबल
‘कर्नर’ मा राख्न मिल्ने भएकाले यसलाई ‘कर्नर टेबल’ भनिएको हो । यसलाई ‘ल्याम्प टेबल’ पनि भनिन्छ । यो तीन फिट अग्लो हुन्छ । यसमाथि ‘डेकोरेटिभ पिस’, फूलदानी, ल्याम्प राख्न सकिन्छ । यसको मूल्य ६५ हजारदेखि ७५ हजारसम्म पर्छ ।

गमला स्ट्यान्ड
यसलाई भर्‍याङ, ‘कर्नर’ वा कतै खाली ठाउँमा राख्न सकिन्छ । यसको मूल्य २५ हजार रुपैयाँ तोकिएको छ । यसमा इन्डोर प्लान्ट, ‘डेकोरेटिभ पिस’, फूलदानी आदि राख्न सकिन्छ । 

सोकेस दराज (बार)
यसलाई आफ्नो इच्छानुसार बैठक वा भान्सा कोठामा राख्न सकिन्छ । यो विभिन्न डिजाइनमा बनाउन सकिन्छ । भान्सामा यसलाई बारका रूपमा प्रयोग गर्न सकिन्छ भने बैठकमा सजावटी सामग्री राखेर सजाउन सकिन्छ । यसको मूल्य ६५ देखि ७५ हजार रुपैयाँ पर्छ । 


टी–टेबल
सोफासँग राखिने यो टेबलको मूल्य ३५ हजारदेखि ४५ हजार रुपैयाँ पर्छ । यो दुईवटा साइजमा पाइन्छ । यो काठबाट बनेको हुन्छ भने माथिबाट मार्बल, सिसा वा काठ पनि राख्न सकिन्छ । 

स्टुल
यो पनि ‘कर्नर’ मा राख्न मिल्छ । यसको उचाइ अढाइ फिटको ‘डिजाइन’ मा गरिएको छ । यसको प्रयोग पनि सजावटी सामग्री राख्नलाई नै गर्न सकिन्छ । 

डी वान सोफा
यो सोफा सुत्न र बस्न दुवैका लागि प्रयोग गर्न मिल्छ । यसमा तीन जनासम्म बस्न मिल्छ । यसको मूल्य एक लाखदेखि दुई लाखसम्म पर्छ । ‘रेक्जिन’ र ‘फेब्रिक’ दुवैमा यसको ‘डिजाइन’ गर्न सकिन्छ । 

लंग कर्नर टेबल
‘स्ट्यान्ड’ भएको यसको लम्बाइ पाँच फिट हुन्छ । अन्य टेबलको तुलनामा यो केही अग्लो हुन्छ । यसमा आफ्नो आवश्यकतानुसार ‘स्टेप’ बनाउन सकिन्छ । पाँच ‘स्टेप’ भएको टेबलको मूल्य २५ हजार रुपैयाँ तोकिएको छ ।


- शीतल राणा
सञ्चालक, अर्नभ ट्रेडिङ, बसुन्धरा 

 Image