Successfully Copied

तरकारी तथा फलफूलमा प्रशस्त विषादी

विशेषगरी गोलभेंडामा अर्गानोक्लोरिन, पाइरिथ्रोइड्स, कार्बामेट तथा भान्टा र तितेकरेलामा पाइरिथ्रोइड्स, अर्गानोक्लोरिन आदि विषादी पाइएको थियो । एन्ड्रिन, हेप्टाक्लोर, एक्जो इपोअक्साइडजस्ता निषेधित विषादी पनि प्रशस्त प्रयोग गरिएको पाइयो । 

नेपालमा हरिया तरकारी तथा फलफूलमा मात्र नभएर माछा, मासुलगायत अन्य खाद्यपदार्थमा समेत विषादी देखा पर्न थालेको छ । नेपाली उत्पादन थलो र बजारमा समेत सरकारद्वारा रोक लगाइएका थुप्रै विषादी छ्यापछ्याप्ती प्रयोग भैरहेका छन् । 

मैले यही विषयमा पाँचखालमा शोध गर्दा आज बिहान विषादी छरेर बेलुका फलफूल–तरकारी टिपेर खाएको समेत पाएँ जबकि फलफूल वा तरकारीको बोटमा विषादी छरेपछि न्यूनतम ७ देखि १५ दिनसम्म कुर्नुपर्छ । यसबाटै प्रस्ट हुन्छ किसान स्वयं पनि विषादीको प्रयोगका सम्बन्धमा सजग र सचेत छैनन् ।

विशेषगरी गोलभेंडामा अर्गानोक्लोरिन, पाइरिथ्रोइड्स, कार्बामेट तथा भान्टा र तितेकरेलामा पाइरिथ्रोइड्स, अर्गानोक्लोरिन आदि विषादी पाइएको थियो । एन्ड्रिन, हेप्टाक्लोर, एक्जो इपोअक्साइडजस्ता निषेधित विषादी पनि प्रशस्त प्रयोग गरिएको पाइयो । 

सन् २०१३ मा जर्मनीबाट ठूलो मात्रामा नेपाल भित्रिएको विषादी अमलेखगञ्जमा स्टोर गरिएको थियो जसलाई सरकारले पुन: जर्मनी नै फिर्ता गर्‍यो । खुल्ला बोर्डरका कारण भारी मात्रामा नेपाल भित्रिने विषादीयुक्त खाद्यान्न मात्र नभएर विषादी स्वयं नै नेपालमा अहिले ठूलो जोखिम, चुनौती एवं समस्या भएको छ । मुख्यत: बालीमा काम गर्ने कृषक, गृहिणी तथा बालबालिकाहरूलाई यसको प्रत्यक्ष असर परेको छ ।

 

 Image