Successfully Copied

अदुवाको चिया हितकारी

चियामा अदुवा मिसाएर पिउनु फाइदाजनक हुन्छ । थकान महसुस गर्नेहरूका लागि अदुवाको चिया हितकर हुन्छ ।

चियामा अदुवा मिसाएर पिउनु फाइदाजनक हुन्छ । थकान महसुस गर्नेहरूका लागि अदुवाको चिया हितकर हुन्छ । अदुवा मिसाइएको चियाले दिनभरको थकान एवं आलस्य हटाउँछ । पेटको पीडा हुनेहरूले एक चम्चा अदुवा मिसाएको चिया पिए राहत मिल्छ ।

समयमै पहिचान भए क्यान्सरबाट बच्न सकिने

\"\"-    विश्वमा हरेक वर्ष पाँच लाखको हाराहारीमा पाठेघर तथा स्तन क्यान्सर रोगी हुने र तीमध्ये २ लाख ७० हजारको ज्यान जाने गरेको छ ।

-    डा. सुशीला वैद्यका अनुसार सानै उमेरमा विवाह हुने, धेरै सन्तान जन्माउने, पौष्टिक तत्वको कमी आदि कारणले महिलालाई पाठेघर तथा स्तन क्यान्सर हुन्छ ।

-    नेपालमा धेरै मृत्युका कारणमध्ये क्यान्सर रोग तेस्रो स्थानमा परेको छ । सामान्यत: पेट, कलेजो, फोक्सो, महिलामा स्तन तथा पाठेघरको क्यान्सर हुने गरेको पाइन्छ ।

-    डा. वैद्यका अनुसार वंशानुगत कारणले पनि पाठेघरको क्यान्सर हुनसक्छ । अव्यवस्थित जीवनशैली, ढिलो विवाह गरी ढिलो सन्तान जन्माउँदा पनि क्यान्सर हुनसक्छ ।

-    महिलाले महिनावारी भएको ७ देखि १० दिनमा स्तनको परीक्षण आफैं गर्नुपर्छ । गिर्खा फेला परे चिकित्सकलाई देखाउनुपर्छ ।

ल्याबमै तयार गरिन्छ कृत्रिम कलेजो

\"\"अमेरिकी अनुसन्धानकर्ताहरूले कृत्रिम कलेजो बनाएका छन् । लस एन्जलसस्थित सिडर्स सिनाई अस्पतालका शोधकर्ताहरूले मानव कोशिकाको सहयोगबाट उक्त कृत्रिम कलेजो बनाएका हुन् । यो कृत्रिम कलेजो कलेजोको रोगले पीडित बिरामीहरूका लागि उपयोगी हुनेछ । कलेजो पूर्णरूपमा काम नलाग्नेहरूका लागि पनि यो कृत्रिम कलेजो सहयोगी हुनेछ । यसलाई बायो-आर्टिफिसियल लिवर भनिएको छ । यसले कलेजोको सम्पूर्ण काम गर्न सक्छ ।

डेंगुको रोकथाम लामखुट्टेबाट

\"\"आश्चर्य लाग्न सक्छ, तर यो सही हो । फलामले फलाम काट्छ भनेजस्तै लामखुट्टेले डेंगु रोकथाम गर्छ । ब्राजिलको एक सहरमा यस्तो लामखुट्टे छोडिएको थियो जसले डेंगु रोक्न सहयोग गरेको थियो । यसमा पाइने वुल्बाचिया नामक व्याक्टेरियाले मानिसलाई संक्रमित गर्दैन । वैज्ञानिकहरूका अनुसार यस्तो लामखुट्टेले डेंगु कम गर्छ । शोधकर्ताहरूले ब्राजिलको चार प्रभावित क्षेत्रमा साताको एकपटक उक्त परीक्षण गरेका थिए । उनीहरूका अनुसार केही समय ती क्षेत्रमा १० हजार लामखुट्टे छोडियो, जसले डेंगु फैलाउने एडिस एजिप्टी नामक लामखुट्टेका लागि खोपको जस्तै काम गर्‍यो ।

 Image