Successfully Copied

लेजर थेरापी क्लिनिक

मानिसको उमेर वृद्धिसँगै हड्डी खिइने तथा नसा च्यापिने आदि विभिन्न समस्या देखा पर्छन् ।

मानिसको उमेर वृद्धिसँगै हड्डी खिइने तथा नसा च्यापिने आदि विभिन्न समस्या देखा पर्छन् । यस्ता रोगमा विकिरणको माध्यमद्वारा उपचार गर्न लेजर थेरापी क्लिनिक स्थापना भएको छ । नेपालकै पहिलो लेजर थेरापिस्ट डा. सुशीला वैद्यद्वारा दुई वर्षअघि स्थापना गरिएको यो क्लिनिकमा कोलेस्ट्रोल वृद्धि, ब्रोङ्काइटिस, नसा च्यापिएको, हड्डी खिइएको, गर्दन, कुम, ढाड, घुँडा एवं कुहिनाको समस्याजस्ता ४ सय किसिमका रोगको उपचार हुन्छ । लेजर थेरापीमा लेजर मेसिनबाट निस्किएको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गरिने डा. सुशीला बताउँछिन् । यसले गर्दा पीडा कम हुनुका साथै सुन्निएको घट्छ भने रक्त संचालन सक्रिय भै अंगको कोषिका तथा तन्तुलाई नवजीवन जीवन प्राप्त हुन्छ । बिहान ८ बजे खुलेर बेलुकी ६ बजे बन्द हुने यो क्लिनिकमा प्रत्येक बिहीबार नि:शुल्क परामर्श दिइन्छ । यो क्लिनिकमा उपत्यका बाहिरका तथा पूर्णरुपमा बेड रेस्ट गर्नुपर्ने बिरामीहरुकालागि विशेष कोठाको व्यवस्था पनि छ ।

मसुरोको दाल औषधि

मसुरोको दालमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यो दालको सेवनले शरीरमा रगतको मात्रा बढ्नुका साथै कमजोरी हट्छ । पाचनक्रिया राम्रो हुन्छ भने पेटसम्बन्धी रोग पनि लाग्दैन । मसुरोको दालमा स्थानीय शुद्ध घिउ झानेर खाए आँखाको ज्योति पनि बढ्छ ।

स्वास्थ्यका लागि नुहाउनु जरुरी

जाडो महिनामा पनि सके चिसो पानी नभए मनतातो पानीले दिनहुँ नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साबुनमा मिसाईएको रसायन रोमछिद्रमा घुसेर रगत तथा छाला प्रदूषित बनाउनसक्छ । तसर्थ नुहाउँदा शरीरमा साबुन प्रयोग गर्नुको साटो तौलिया भिजाएर सबै ठाउँमा रगड्नुपर्छ । यसो गर्दा रोमछिद्र खुल्नुका साथै पसिना आएर भएको फोहोर पनि बाहिर निस्कन्छ । रगड्दा शरीरमा मालिस पनि प्राप्त हुन्छ । घाँटीमा हातैले हल्का माडेर सफा गर्न सकिन्छ । यसो गर्दा जमेको कफ निस्कनुका साथै आँखाको ज्योति पनि बढ्छ ।

टाउको दुखेको कम गर्न

-    चुरोट छोड्नुपर्छ ।

-    पेय पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ ।

-    नियमित समयमा सुत्नुपर्छ । अधिक सुताइले पनि टाउको दुख्न सक्छ ।

-    चिल्लो कम भएको तथा कार्बोहाइट्रेडले युक्त खाना खानुपर्छ ।

-    नियमित रूपमा खाना खानुपर्छ ।

-    प्रशस्त पानी पिउनुपर्छ ।

-    व्यायाम गर्नुपर्छ ।

-    नियमित रूपमा आँखा जँचाउनुपर्छ ।

-    तनाव घटाउनुपर्छ ।

-    प्राणायाम, योग तथा रेकी गर्नुपर्छ ।

-    मानसिक दबाब लिनु हुँदैन ।

-    टाउको दुखेको अवस्थामा टिभी हेर्नु तथा पुस्तक पढ्नु हुँदैन ।

-    टाउको दुख्ने कारण फरक-फरक हुनसक्छ । त्यसैले चिकित्सकबाट परीक्षण गराउनुपर्छ ।

-    खानामा फलफूल तथा तरकारी समावेश गर्नुपर्छ ।

 Image