होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
लुना भट्ट, भाइरोलोजिस्ट
पछिल्लो समय डेंगीको प्रकोप बढ्दै गएको छ । यो रोग ७६ वटै जिल्लामा फैलिएको पुष्टि भइसकेको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा डेंगी रोगको प्रकोप देखा पर्ने गर्छ । सन् २०१९ मा यो रोगको प्रकोपबाट १७ हजारभन्दा बढी प्रभावित भएका थिए भने छ जनाको मृत्यु भएको थियो ।
डेंगीको जोखिममा को बढी पर्छन् ?
पहिला डेंगी भइसकेका, यो रोग लागेका आमाबाट जन्मिएका बच्चा, पाँच वर्षभन्दा कम उमेरका बालबालिका, रोगी र रोग प्रतिरोधात्मक क्ष्ँमता कम भएकाहरू उच्च जोखिममा पर्छन् । पहिला डेंगी भएका आमाबाट एन्टीबडी बच्चामा जान्छ । आमाको एन्टीबडीले गर्दा उनका बच्चाहरूमा जटिलता आउन सक्छ ।
डेंगी लागेपछि के–कस्ता लक्षण देखिन सक्छन् ?
सामान्य लक्षण ज्वरो, रुघाखोकी हुन् । यसको विशेष लक्षण भनेको आँखाको पछाडिको हड्डी (इन्ट्राअरविटल) को भागमा दुख्ने हो । साथै, शरीर असाध्यै दुख्ने, बान्ता हुने, एलर्जी आउने हुन्छ । यतिबेला आउने एलर्जी फरक खालको हुन्छ । रातोमा सेतो दानाजस्तो देखिन्छ ।
यसका कडा लक्षण के–के हुन् ? यसको जटिलताबारे कसरी थाहा पाउन सकिन्छ ?
प्लाज्मा पातलो हुन्छ । यसको कमी हुनुका साथै लिकेज भएर जान्छ । त्यसपछि शरीरमा नीलो दाग देखिने वा छु“दा नीलो हुने हुन्छ । दिसा–पिसाबबाट रगत जान्छ । महिलामा महिनावारी नहुने समयमा पनि महिनावारी भएजसरी रगत बग्न सक्छ ।
यसको जोखिम कतिबेला बढी हुन्छ ?
यसका चार वटा सेरोटाइप्ड हुन्छन् । डेंगी १, २, ३ र ४ । मानौं पहिलो डेंगी–१ ले संक्रमण गरेको छ र पछि पनि १ ले नै संक्रमण गरेमा त्यसले असर पार्दैन । किनभने शरीरमा यस विरुद्धको एन्टीबडी बनिसकेको हुन्छ । तर, पहिला १ र पछि २ वा अन्यले संक्रमण भएको छ भने जटिलता आउन सक्छ । यो भाइरस शरीरभित्र प्रवेश गरेपछि एन्टीबडीलाई समातेर ‘इम्युन सेल्स’ भित्र छिरेर जटिलता फैलिन्छ । यो प्रक्रियालाई ‘एन्टीबडी डिपेन्डेड इनह्यासमेन्ट–एडीई’ भनिन्छ ।
यसको ‘इन्कुबेसन पिरियड’ कति समयसम्म रहन्छ ?
लक्षण देखिन थालेको एक सातादेखि १० दिनसम्म उच्च ज्वरो आउँछ । त्यसपछि केही दिन (सातासम्म पनि हुनसक्छ) घटेर ज्वरो पुनः ‘पिक आवर’ मा पुग्छ । यसलाई ‘बाइफेजिक फिबर’ भनिन्छ । यो सामान्यतया १५ दिनसम्म रहन्छ ।
शरीरले एन्टीबडी बनाउन कति समय लाग्छ ?
पहिले ‘आईयुएम’ बन्छ । यो साता दिनमै बन्छ । ‘आईजीजी’ भने विस्तारै बन्छ । यो बनेपछि जीवनभरलाई रहन्छ ।
डेंगी लागेपछि के गर्नुपर्छ?
डेंगीको लक्षण देखिन थालेपछि यसको लक्षणअनुसारको उपचार गर्नुपर्छ । तर, थप जटिलता नआओस् भनेर ‘एनएसवान’ टेस्ट भने गर्नैपर्छ । स्व–उपचार गर्नुभन्दा चिकित्सकको परामर्श लिनुपर्छ ।