निःसन्तान के हो ?
पाठेघरको वरिपरि गाँठागुठी पलाउने पाठेघरको मुख बन्द भएको अवस्थामापनि पाठेघरको नली बन्द भएको हुन सक्छ । यस्तो अवस्थामा पुरुषको शुक्रकीट डिम्बसम्म पुग्दैन जसले गर्दा प्रजनन क्षमतामा ह्रास आउँछ ।

डा. अरुणा कार्की
हेड अफ डिपार्टमेन्ट सिनियर कन्सल्टेन्ट गाइनो अब्स, मोडल अस्पताल
फिस्टुला रोगका बारेमा नेपालमा त्यति प्रचार-प्रसार हुन सकेको छैन। दुर्गम जिल्लामा यस्ता समस्या धेरै छन् तर पनि महिलाहरू यो रोगका बारेमा त्यति जानकार छैनन्। लामो समयसम्म प्रसूति व्यथा लाग्दा शिशुको टाउकोले पिसाब थैली तथा योनिमा प्वाल पार्छ । त्यसले गर्दा आमालाई त समस्या पर्छ नै शिशुको मृत्यु सम्म हुनसक्छ। यस्तो समस्यालाई फिस्टुला भनिन्छ। धेरैजसो गरिब देशमा यस्तो समस्या पाइन्छ।
कम उमेरमै शिशु जन्माउने, जन्मान्तर नराख्ने तथा धेरै शिशु जन्माउने महिलामा यस्तो समस्या देखा पर्छ। शिशु जन्माउँदा देखा पर्ने यो समस्याबाट पछिसम्म अप्ठ्यारो पर्छ। सधै पिसाब चुहिएर हिँड्नुपर्ने अवस्था हुन्छ। यसको उपचारका लागि शल्यक्रिया नै गर्नुपर्छ।
ह्यामलिन फिस्टुला हस्पिटलमा पनि यस्तो समस्या भएका धेरै बिरामी आउँछन्। अस्टे्रलियाका क्याथरिन ह्यामलिन दम्पतीले मिलेर खोलेको उक्त अस्पतालमा केही समयअघि जाने अवसर मिलेको थियो। सन् १९७४ मा खुलेको उक्त अस्पतालमा फिस्टुला रोगीको मात्र उपचार गरिन्छ। डोनेसनबाट चल्ने अस्पतालमा नि:शुल्क सेवा उपलब्ध छ। रोग लागेपछि परिवार तथा श्रीमान्बाट अलग हुनुपर्ने बाध्यता भएका कतिपयलाई उपचारपछि उक्त अस्पतालले जागिर पनि दिएको छ। अस्पतालमा बिरामीले राम्रो सेवा पाएका छन्। सबै स्टाफ कामप्रति उत्तिकै उत्तरदायी छन्। यो अस्पताल उत्तिकै सफा छ। थुप्रै बिरामी पिसाब चुहिरहने हुन्छन् तैपनि फोहोर र दुर्गन्ध भने छैन। कतिपय बिरामीलाई ठीक भएपछि काम दिने यो अस्पतालको केही पर फार्म हाउस बनाएर राखिदिएका छन्। एक महिना लामो बसाइका क्रममा मैले धेरै फिस्टुला रोगीको सेवा गर्ने अवसर पाएँ। त्यसले मलाई आफ्नो काममा माझिएको र नयाँ कुरा सिकेको अनुभूति भयो। फिस्टुला भए पनि घरपरिवारले पनि हेला गर्ने र नहेर्नेलाई यो अस्पतालले नि:शुल्क उपचार गरिदिन्छ र पछि त्यहीँ काम पनि दिन्छ। १ सय १० बेड क्षमताको यो अस्पतालमा बिरामीले घरकै वातावरणमा सेवा पाइरहेका छन्।
फिस्टुलाको अप्रेसन गर्नलाई त्यही अनुसारको बेड, लाइट तथा इक्विपमेन्ट चाहिन्छ। नेपालमा सीमित अस्पतालमा मात्र यसको उपचार गरिन्छ। नेपालमा यस्ता रोगी भएर पनि रोग लुकाएर बस्ने गरेका छन्।
असुरक्षित मातृत्वका कारणले हुने यो रोगबाट हजारौं महिला पिसाबको आहालमा आफ्नो जिन्दगी बिताइरहेका छन्। अब भने यस्ता रोगबाट बिरामीले दु:ख पाउनु हुँदैन।