Successfully Copied

स्वास्थ्यसम्बन्धी गल्तीहरू

घुँडालाई क्रस गरेर वा खापेर बस्नु हुँदैन। यसरी बस्दा खुट्टाको रक्तसंचारमा अवरोध उत्पन्न हुन्छ।

खुट्टा खापेर बस्नु ः घुँडालाई क्रस गरेर वा खापेर बस्नु हुँदैन। यसरी बस्दा खुट्टाको रक्तसंचारमा अवरोध उत्पन्न हुन्छ। रगतलाई पूर्णरूपमा संचालन हुन दिन बस्दा दुवै खुट्टालाई समानान्तर राख्नुपर्छ। कुनै एउटा खुट्टालाई माथितिर झुन्ड्याउनु पनि राम्रो होइन। सकभर बराबर रूपमा तौल मिलाएर खुट्टा भुइँमा राख्नुपर्छ। खुट्टाको अवस्था परिवर्तन गर्न मन लागे सजिलो तरिकाले अर्कोपट्टि सार्नुपर्छ। यद्यपि घुँडाको क्रसिङको साटो गोलीगाँठोमा हल्का क्रसिङ गरेर बस्नु लाभदायक मानिन्छ।

ब्रस परिवर्तन नगर्नु ः हामीलाई आफ्नो दाँत माझ्ने ब्रस परिवर्तन गरेको समय सम्झना हुँदैन। हामी ब्रस पूरै नबिगि्रउन्जेल त्यसलाई नियमित प्रयोग गरिरहन्छौं। यो पनि सामान्य लाग्ने गम्भीर गल्ती हो। पुराना टुथ ब्रस परिवर्तन गर्नुपर्छ अन्यथा त्यसले दाँतको चम्किलोपन हटाउनुका साथै गिजालाई पनि हानी पुर्‍याउँछ। यस्तो  ब्रसले पीडा पनि उत्पन्न गराउँछभने मुखको सुन्दरता नै घटाईरहेको हुन्छ।  भरसक डेन्टिस्टको सुझावअनुसार नरम खालको ब्रस प्रयोग गर्नुपर्छ।

शारीरिक अभ्यास नगर्नु ः शारीरिक अभ्यास गर्नुपर्छ भन्ने कुरा थाहा हुँदा पनि हामी व्यायाम गर्दैनौं। यो स्वास्थ्यसम्बन्धी गम्भीर गल्ती हो।  किन यसो गरिन्छ ? केही यस्ता मानिस पनि छन् जो आफूलाई केही भए मात्र यस विषयमा चासो राख्छन्। मानिसहरू आफूलाई हर्ट अट्याक नभएसम्म जीवनशैली परिवर्तन गर्दैनन् जुन सही होइन। मात्र हप्ताको तीन-चार पटक आधा घन्टा दौडने हो भने आफ्नो स्वास्थ्य फरक संसारमा पुग्छ। यसलाई बढाएर ४० मिनेेट पुर्‍याउनुपर्छ, हप्तामा पाँच पटक हिँड्नुपर्छ। यसले स्वस्थ रहन पूर्णरूपमा सहयोग गर्छ। कुनै पनि शारीरिक अभ्यास नगर्ने हो भने आफूले निकै ठूलो गल्ती गरिरहेको मान्नुपर्ने हुन्छ।

तैलीय खाना ः खानामा तेल हुन्छ जसमा कोलेस्ट्रोलको मात्रा उच्च हुन्छ जुन मुटुका लागि हानिकारक हुन्छ।  यस्तै खाना मीठो मानेर खाने मानिसहरूको कमी छैन। यस्ता तैलीय खाना शरीरका लागि लाभदायक मानिँदैनन्। भरसक तारेका खाद्यपदार्थबाट जागिनुपर्छ। आउटडोर खानपिनमा भरसक हल्का एवं स्वस्थ खानेकुरा खानुपर्छ।

ब्रेकफास्ट छाड्नु ः सधैं ब्रेकफास्ट गर्नुपर्छ। बिहानीपख शरीरलाई तुलनात्मक रूपमा बढी क्यालोरी आवश्यक हुन्छ। त्यसको सन्तुलन मिलाउन पनि बिहान ब्रेकफास्ट गर्नुपर्छ। त्यसपछि आफ्नो दैनिकीमा व्यस्त हुँदा क्यालोरी चाँडै घटाउन सहयोग पुग्छ। यदि डाइटिङ गर्ने हो भने हल्का डिनर गर्नुपर्छ।

हाई हिलको प्रयोग ः हाई हिलको प्रयोगले पनि धेरैलाई रोगी बनाइरहेको हुन्छ। विशेष गरी यसले ढाडमा पीडा हुन्छ। यसको अर्थ तीखो र अग्लो हाई हिल नलगाउनु भन्ने होइन। हाई हिल लगाउन सकिन्छ तर लामो पैदल यात्रामा लगाउनु हुँदैन। लन्च वा डिनरमा गएका बेला कुनै सवारी साधनबाट जाने भए लगाउन सकिन्छ। कतै पैदल यात्रा गर्दा भने यस्ता हाई हिलबाट बच्नुपर्छ। हिल लगाउनैपर्ने अवस्थामा पैतालाको स्थान एवं जमिन पूर्ण समतल हुनु आवश्यक छ।

नरम स्पि्रङ बेडमा सुत्नु ः आफूलाई हल्का लाग्ने नरम खालको म्याट्रेस प्रयोग गर्न सकिन्छ। नरम खालका लचकदार स्पि्रङ बेडमा भने सुत्नु हुँदैन। यो ढाडका लागि हानिकारक हुन्छ। आफूसँग पुरानै लचकदार स्पि्रङ बेड भए नयाँ बेड किन्नु जरुरी छैन। बरु बाक्लो काठको तख्ता राख्ाी त्यसमाथि म्याट्रेस राखेर काम चलाउन सकिन्छ। त्यस्तै म्याट्रेस पुरानो वा सतह नमिलेको भए नयाँ प्रयोग गर्नु उपयुक्त हुन्छ। सोफामा पनि यसरी नै आराम गर्न सकिन्छ। सोफामा केही घन्टा बिताउने हो भने नरम र आरामदायक म्याट्रेस लिनुपर्छ। यद्यपि यसरी सोफामा आराम गर्नु उपयुक्त भने होइन।

सिरानीको गलत प्रयोग ः गलत प्रकारको सिरानीको प्रयोगबाट जोगिनुपर्छ। सिरानी आरामदायक हुनुपर्छ। कडा खालको सिरानी प्रयोग गर्नुहुँदैन। सिरानी सतह नमिलेको वा कडा छ भने त्यसलाई फालेर नयाँ किन्नु नै उपयुक्त हुन्छ। घोप्टो परेर सुत्ने हो भने पातलो नरम सिरानी र उत्तानो सुत्ने हो भने हल्का बाक्लो सिरानी आवश्यक हुन्छ। ढाड एवं घाँटीलाई मिलाउन यस्ता खालका सिरानी प्रयोग गर्नुपर्छ।

 Image