Successfully Copied

जाडो मौससमा यी फूल रोप्नुहोस्

जाडो मौसममा पनि बगैंचामा नयाँ प्रजातिका फूल रोपेर फुलाउन सकिन्छ । यी फूल पुसदेखि माघ महिनासम्ममा रोपिसक्नुपर्छ ।


फूलले घर र बगैंचाको शोभा बढाउँछ । तर जाडो मौसम सुरु हुनेबित्तिकै बिरुवा राम्रोसँग बढ्न सक्दैनन् । हरेक मौसममा राम्रोसँग फुल्ने फूलहरू पनि यो मौसममा सप्रदैनन् तर केही यस्ता फूल पनि छन्, जुन जाडो मौसममा फुल्छन् ।
जाडो मौसममा पनि बगैंचामा नयाँ प्रजातिका फूल रोपेर फुलाउन सकिन्छ । यी फूल पुसदेखि माघ महिनासम्ममा रोपिसक्नुपर्छ ।


एन्टीहिनम स्नेपड्रेगन
यो फूल निकै आकर्षक देखिन्छ । विभिन्न रंगमा फुल्ने यो फूललाई धेरै हेरचाहको आवश्यकता पर्दैन । यो फूल रोप्ने मौसम सुरु भइसकेको छ । यसको बीउ ७ देखि १० दिन भित्रमै उम्रिन्छ । यो फूललाई धेरै घामको आवश्यकता नपर्ने हुनाले धेरै पानी हाल्नुपर्दैन ।


एस्टर
यो फूल जाडो महिनामा बगैंचाको सौन्दर्य बढाउनका लागि रोप्न सकिन्छ । रंगीबिरंगी फुल्ने यो फूल गुलाबी, बैजनी, सेतो आदि सेड्समा पाइन्छ । यो फूललाई पनि धेरै हेरचाहको आवश्यकता पर्दैन र दिनहुँ पानी पनि राख्नु पर्दैन । माटो सुख्खा भएपछि पानी हाले पुग्छ । यो बिरुवा रोपेको एक महिनादेखि फुल्न थाल्छ ।

पेन्सी
यो जाडो महिनामा फुल्ने आकर्षक फूल हो । यो फूल करिब ५ सय प्रजातिमा पाइन्छ । अलग–अलग रंग र आकारमा फुल्ने यो फूल लगाउने सही समय जाडो हो । हुन त यो हरेक मौसममा उत्तिकै राम्रोसँग फुल्न सक्छ तर हाइब्रिड प्रजातिका लागि चिसो मौसम नै उपयुक्त हुन्छ । यो फूलले दिउँसो १६ डिग्री र रातमा ४÷५ डिग्री तापक्रम सहन सक्छ । यसको बिरुवा राम्रोसँग घाम पर्ने ठाउँमा राख्नुपर्छ ।


स्वीट पी
तपाईंलाई अलग–अलग रंगका स–साना आकारका फूल मनपर्छन् भने यो उपयुक्त हुन सक्छ । राति यो फूलबाट वासना आउँछ । यसको बीउ ८–१० दिन भित्रमै उम्रन्छ । यसलाई पारिलो घामको आवश्यकता पर्छ । त्यसैले यसलाई खुल्ला र घाम लाग्ने ठाउँमा रोप्नुपर्छ ।


केलेन्डुला
यो सयपत्री प्रजातिको फूल हो, जुन यो मौसममा बगैंचामा रोप्न सकिन्छ । यसले बगैंचालाई आकर्षक बनाइदिन्छ । यो सजिलै फुलाउन सकिने फूल हो । यसलाई धेरै हेरचाहको आवश्यकता पर्दैन । यो फूललाई दैनिक घाम नपरे पनि हुन्छ । यो १० डिग्रीको तापक्रममा सजिलै फुल्छ । पानीको आवश्यकता धेरै पर्दैन । यसमा होममेड फर्टिलाइजरको प्रयोग गरेर मात्रै फुलाउन पनि सकिन्छ ।



विच हेजल
यो फूल जाडो महिनामा सजिलै फुलाउन सकिन्छ । यो मौसममा राम्रो सँग स्याहारसुसार गर्न सके धेरै मात्राामा फूल फुलाउन सकिन्छ । यसलाई बगैंचा वा गमलामा पनि रोप्न सकिन्छ । औषधीय गुणले भरिपूर्ण यो फूल विभिन्न शारीरिक समस्याबाट छुटकारा पाउन पनि प्रयोग गरिन्छ ।


विन्टर जस्मिन
यो जाडो महिनामा फुल्ने फूल भएकाले यसलाई विन्टर जस्मिन भनेर चिनिन्छ । पहेंलो रंगमा फुल्ने यो फूलले बगैंचाको शोभा बढाउँछ । यो फूललाई धेरै हेरचाहको आवश्यकता पर्दैन । हप्ताको तीन दिन थोरै–थोरै पानी दिए पुग्छ ।


पिटुनिया
यो घर वा बगैंचाको सौन्दर्य बढाउने सही फूल हो । यो नीलो, पहेंलो, बैजनी, सेतो आदि रंगमा फुल्छ । यसको बीउबाट आफंै बिरुवा उमारेर सार्न पनि सकिन्छ वा नर्सरीबाट ल्याएर रोप्न सकिन्छ । यो फूललाई धेरै हेरचाहको आवश्यकता पर्दैन । हप्तामा तीन दिन पानी हाले पुग्छ । फूल भने घाम पर्ने ठाउ“मा राख्नुपर्छ ।

जाडोका फूल
केन्लेडुला
पिटुनिया
पेन्सी
एलिसम
स्नेपड्रेगन
एस्टर
कार्नेसन
डेलिया
नेस्टर्टियम
कसमस
जिनिया
स्वीट पी
कर्नफ्लावर
सिनेरिया
रेननकुलस
बर्बेना
एमेरिलिस लिली
जिरेनियम
डायनथस
आइरिन डेनफोर्डिया
केमेलिया
साल्बिया ।

 Image