Successfully Copied

जाडोको सकस

चिसोमा शरीरले तातो–न्यानो खोज्छ । बिहान ओछ्यान छोड्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । तर सदियौंदेखिको हाम्रो संस्कार र प्रचलनले झिसमिसेमै उठेर महिलाले दैलो उघार्दा लच्छिन हुन्छ भन्ने विश्वास राख्छ ।


चिसोमा शरीरले तातो–न्यानो खोज्छ । बिहान ओछ्यान छोड्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । तर सदियौंदेखिको हाम्रो संस्कार र प्रचलनले झिसमिसेमै उठेर महिलाले दैलो उघार्दा लच्छिन हुन्छ भन्ने विश्वास राख्छ । उतिबेलाका महिला घरैभित्र सीमित हुने हँुदा त्यो सम्भव पनि हुन्थ्यो होला, तर अहिलेको आधुनिक जमानाका महिलालाई भने घरभित्र र बाहिरको दुवै कामको गह्रौं जिम्मेवारीले थिचेका बेला यो अर्को बोझ बन्ने गरेको छ ।
इटहरीकी चन्दा खड्का पेसाले सञ्चारकर्मी तथा स्टेज कार्यक्रम उद्घोषक हुन् । त्यसका अलावा उनी विभिन्न संघसंस्था र सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । दुई सन्तान र श्रीमान्सहित घर व्यवस्थापनको अर्को जिम्मेवारी पनि उनमा छँदैछ । धेरै व्यस्त हुँदा चौबीस घण्टाको समय लम्बिएर दैनिक ४८ घण्टा भइदिए हुन्थ्यो जस्तो लाग्ने उनी बताउँछिन् । भन्छिन्–‘यो मौसममा तराईका महिलालाई अत्यन्त चुनौती छ । मेरो त कामको प्रकृतिका कारण समय नपुगेर बाटोमा हिँड्दा–हिँड्दै गाजल, नेल पोलिस लगाउनुपर्ने हुन्छ ।’ जाडोमा महिलालाई काम बढाउने अन्य कुराहरू पनि छन्, बाक्ला लुगा लगाउनुपर्ने, महिनावारी हुँदाका समस्या, छिटो भोक लाग्ने हुँदा भान्सामा धेरै समय बिताउनुपर्ने हुँदा आफ्नो व्यावसायिक काममा बाधा पर्ने पनि उनको अनुभवले बताउँछ । ‘जाडोमा स्कुटर चलाएर काममा जानुपर्दा अत्यन्तै चिसो हुन्छ, साथै ढाडलगायत अन्य शारीरिक समस्या पनि आउँछ ।’ चन्दा भन्छिन्–‘जाडो कहिले सकिएला भन्ने मात्रै दिमागमा खेलिरहन्छ ।’
 बढाउने, चुल्होचौकाको काम गर्ने मान्छेका रूपमा सोच विकसित गरिदिँदै ल्याएको छ । त्यसमाथि मौसमले पनि हाम्रो शरीर, दिमाग र प्रोफेसनमै चुनौती खडा गरिदिन्छ । तसर्थ महिलाका लागि पितृसत्ता मात्रै होइन, मौसम पनि दुर्भाग्य बनेर आउँदो रहेछ ।’

हेटौंडा उपमहानगरपालिकाअन्तर्गत मेयरको सचिवालयकी स्वकीय सचिव रूपा बिडारीलाई घरधन्दा र कार्यालयको कामले भ्याइनभ्याइ हुन्छ । ‘जाडोका दिनहरू छोटा हुन्छन्, बालबच्चा, घरपरिवार सबै व्यवस्थापन गरेर अफिस पुग्दा कहिलेकसो समयमा पुग्न सकिँदैन । यसले गर्दा दिमागमा कामको बढी प्रेसर परिरहेको हुन्छ ।’ उनी भन्छिन्–‘कहिलेकाहीँ त अफिसको काम घरमा लगेर गर्नुपर्ने हुन्छ भने कार्यालयमा हुँदा पनि घरको कामको तर्कना आइरहन्छ । जुन कुरा कुनैपनि पुरुषलाई कमै हुन्छ होला ।’ बिडारीका अनुसार जाडोमा महिलालाई थुप्रै कामको भार बढ्छ । हप्तामा एक दिन बिदाको दिन पनि पर्याप्त मात्रामा आराम गर्न नपाइने उनको गुनासो छ । जाडोमा शरीर निस्क्रिय र अल्छी हुने हुँदा कामको नतिजा अपेक्षित रूपमा नआउने पनि उनले बताइन् । बिहान उठेदेखि राति ओच्छ्यान नपस्दासम्म महिलाका लागि अनगिन्ती कामको बोझ हुने हुँदा यो मौसम महिलाका लागि अत्यन्त चुनौतीपूर्ण रहेको उनको तर्क छ ।


पोखराकी नीलम गौतम पौडेल बैंकर्स हुन् । माछापुच्छ«े बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख नीलम एक कुशल घर व्यवस्थापकका साथै व्यावसायिक महिला हुन् । हरहमेसा स्मार्ट बनेर हिँड्नुपर्ने उनलाई जाडो महिना आयो कि दिक्क लाग्छ । भनेकै समयमा अफिस पुग्नुपर्ने पेसामा हुँदा सम्पूर्ण घरायसी काम भ्याएर निस्किँदा सधैं हतारो हुने उनी बताउँछिन् । भन्छिन्–‘जाडोमा यसैपनि थोरै समय हुन्छ । त्यसमाथि चिसोले केही गर्नै मन लाग्दैन । घरपरिवार व्यवस्थापन र व्यावसायिक काममा पनि अब्बल हुनलाई यो मौसमले चुनौती खडा गर्छ । जाडोमा शरीर पनि निस्क्रिय हुने हुँदा काममा सोचेजस्तो रिजल्ट नआएजस्तो लाग्छ ।’ नीलमलाई लाग्छ, जाडोमा महिलाको काम तेब्बर थपिन्छ । बालबच्चालाई समयमै तातो खुवाउनुपर्ने, घर स्वच्छ र चिटिक्क राख्नैपर्ने, जाडोमा लगाइने बाक्ला र न्याना लुगा धुनैपर्ने, समयमै अफिस हाजिर हुनैपर्ने चौतर्फी जिम्मेवारी बहन गर्न सजिलो छैन । उनी भन्छिन्–‘यसको अर्थ पुरुषलाई जाडो हँुदैन, चिसो लाग्दैन भन्ने होइन, सदियौंदेखि चलिआएको हाम्रो संस्कार, परम्परा, चालचलन र व्यवहारले महिलालाई बढी जिम्मेवारी थुपारिदिएको छ । घरपरिवार, बालबच्चा, इष्टमित्र, सम्बन्ध व्यवस्थापन र व्यवहार महिलाले गर्नुपर्ने भन्ने सोच अझै मेटिइसकेको छैन । यसले गर्दा महिलामा कामको जिम्मेवारी अझ बढी भयो । त्यतिमात्रै नभएर अहिलेको जमानामा महिला यी कामबाहेक अन्य व्यावसायिक काममा निकै अगाडि बढिसकेका छन् । त्यसो त गर्भवती, सुत्केरी हुनुपर्ने, महिनावारी हुने, स्तनपान गराउनुपर्ने आदि थुप्रै कारणले पुरुषको तुलनामा शारीरिक रूपमा महिला कमजोर नै हुन्छन् । महिलाको सवालमा यी सबै कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ ।’

जनकपुरकी रिंकु शाह सौन्दर्यव्यवसायी र हस्तकला तथा मिथिल आर्ट प्रशिक्षक हुन् । साथै उनी गृहिणीका साथसाथै दुई सन्तानकी एकल आमा र एक कुशल राजनीतिज्ञ पनि भएकीले चारैतिरको व्यवहार सम्हाल्न गाह्रो हुने उनले बताइन् । ‘ब्युटिसियन पेसाकै कुरा गर्नुपर्दा यो मौसममा त्यति धेरै विवाहका लगन पर्दैनन्, त्यसैले जाडोमा यो व्यवसाय त्यति चल्दैन । बिहान सबेरै उठ्यो, छोराछोरीलाई खुवायो, काममा गयो ।’ रिंकु भन्छिन्–‘यो चिसोमा घरको सबै काम भ्याएर ब्युटिपार्लर पुग्दा दिउँसोको बाह्र–एक बज्छ । काम धेरै छ तर कमाइ छैन । बेलुका छिटै अ“ध्यारो हुन्छ, पार्लर पुग्न नपाउँंदै घर फर्किहाल्नुपर्छ । जाडोमा धेरै लुगा लगाउनुपर्छ, छिटै भोक लाग्छ । धेरै खाना खाइन्छ, सोहीअनुसार घरको काम पनि धेरै हुन्छ । यो चिसोमा कामकाजी महिला झनै तेहेरो कामको भारले थिचिन्छन् ।’ समाजसेवामा पनि संलग्न रिंकुलाई त्यता पनि समय दिनैपर्ने हुन्छ । घरमा अन्य सघाउने मान्छे नहुँदा हरेक काम आफैं गर्नुपर्ने भएकाले शरीरले आराम नपाउने उनी बताउँछिन् । रिंकुका छोराछोरी यतिबेला जाडो बिदामा घर आउने भएकाले थोरै भएपनि सहयोग पाइने उनले जानकारी दिइन् । विगत १६ वर्षदेखि दुई सन्तान सम्हालेर एक्लै बस्दै आएकी रिंकुलाई जाडो महिना नआइदिए हुन्थ्यो जस्तो लाग्छ, किनभने गर्मीमा लामा दिन हुने हुँदा धेरै काम गर्न पाइन्छ, सोहीअनुसार कमाइ पनि हुन्छ ।

कावासोती नवलपरासीकी कौशिला क्षेत्री लामो समयदेखि व्यवसायमा जमेकी महिला हुन् । उनले त्यहाँ जिम हाउस, जुम्बा र स्केटिङ व्यवसाय सञ्चालन गरिरहेकी छिन् । दुई सन्तानकी आमा कौशिला बिहान सबेरै उठेर घरको काम सकी बालबच्चालाई स्कुल पठाएर कामतिर लाग्छिन् । ‘तराईको ठाउँ बाह्र नबजी घाम देखिँदैनन्, हुस्सु र कुहिरोले नजिकैको मान्छे देख्न पनि कठिन हुन्छ । यस्तो चिसोमा घरबाट निस्किन नपरे हुन्थ्यो जस्तो लाग्छ तर के गर्नु, काम गर्नैप¥यो । पुरुषले भन्दा तेब्बर काम गर्न सकिएन भने महिलालाई प्रोफेसनल हुन सजिलो छैन ।’ कौशिला भन्छिन्–‘अन्य समयको तुलनामा चिसो मौसममा महिलालाई भित्र र बाहिर भ्याउन सकस छ । यसैपनि महिलाको शरीर सन्तान जन्मिएपछि कमजोर हुन्छ त्यसमाथि पनि दोहोरो–तेहोरो कामको बोझले सजिलो हुने त कुरै भएन ।’ जाडो महिनामा बढी खटेर काम गर्न नसकिने र आम्दानी पनि घट्ने कुरा उनले सुनाइन् । अर्को कुरा लुगाको भारी बोक्नुपर्ने हु“दा शरीर पनि चुस्तदुरुस्त हुँदैन । व्यावसायिक महिलालाई घर व्यवस्थापन गरी बाहिर चिटिक्क परेर पनि हिँड्नुपर्ने भएकाले चुनौती रहेको उनको धारणा छ ।

 

बुटवलकी संगीता थापा सिलवाल गृहिणी हुन् । आफूलाई कुशल गृहिणी साबित गर्न पनि यो मौसमले निकै च्यालेन्ज गर्ने उनको भनाइ छ । ‘गृहिणी हुनु पनि ठूलो जागिर हो । बालबच्चा, श्रीमान्, सासू–ससुरा, इष्टमित्र, घरव्यवहार सबैलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नु चानचुने कुरो होइन ।’ संगीता भन्छिन्–‘चिसोमा घरको काम निकै बढ्छ । बिहान उठेदेखि बेलुकाको खाना नखाएसम्म फुर्सदै पाइ“दैन । यो बेला बच्चाहरू पनि छिनछिनमै भोक लाग्यो भन्छन् । घरका अन्य सदस्यलाई खाना, खाजा, चिया–नास्ता, घरको सरसफाइ एवं लुगा धुँदा नै दिन बित्छ । आफ्नो लागि समय निकाल्न गाह्रै छ ।’ जाडोमा घरायसी काममा बढी सक्रिय रहनुपर्ने हँुदा हातखुट्टा सुन्निने, शरीर दुख्ने, सर्दी लाग्ने, कहिलेकाहीँ आलस्य हुनेसमस्या आइपर्ने पनि उनले बताइन् ।
धनगढीकी मीना जोशी मेडिकल व्यवसायमा आबद्ध छिन् । यसैपनि पुरुषको दाँजोमा महिलालाई समय व्यवस्थापन गर्न गाह्रो हुने बताउने उनी यो चिसोमा त झनै महिलामा कामको भार बढी पर्ने उनको भनाइ छ । ‘धनगढी गर्मीमा प्रचण्ड गर्मी र जाडोमा उत्कर्षमै पुग्ने ठण्डी हुने ठाउँ भएकाले यहाँ महिलाका लागि जनजीवन कष्टकर छ । यहाँका पुरुषको दिनचर्या र महिलाको दिनचर्यामा फरक छ । जति नै शिक्षित र पढेलेखेका भए पनि महिला र पुरुषबीचको भेद फरक छ, व्यवहार फरक छ ।’ मीना भन्छिन्–‘कमाउने महिलाले पनि बिहान उठेर घरका सारा काम भ्याएर मात्रै जागिर वा व्यवसाय सम्हाल्न पुग्नुपर्छ । यसो गर्दा शारीरिक कष्ट त छँदैछ, मानसिक तनाव पनि उत्तिकै हुन्छ ।’ आफू पनि एकाबिहानै घरको सम्पूर्ण काम सकेर मेडिकल पुग्ने उनले बताइन् । व्यवसाय प्रवद्र्धन गर्न, यसका लागिआवश्यक सीप हासिल गर्न समय नै नपुग्ने उनी गुनासो गर्छिन् । भन्छिन्–‘आफूमा अझै बृहत्सीप र कला विकास गरी व्यवसायलाई थप उचाइ दिऊँ भन्ने मन कसलाई हँुदैन र ? तर हाम्रो परम्परा र व्यवहारले महिलालाई परिवार सम्हाल्ने, वंश बढाउने, चुल्होचौकाको काम गर्ने मान्छेका रूपमा सोच विकसित गरिदिँदै ल्याएको छ । त्यसमाथि मौसमले पनि हाम्रो शरीर, दिमाग र प्रोफेसनमै चुनौती खडा गरिदिन्छ । तसर्थ महिलाका लागि पितृसत्ता मात्रै होइन, मौसम पनि दुर्भाग्य बनेर आउँदो रहेछ ।’ 

 Image