विविधता, समानता र समावेशिता (डिइआई) अभियान परिवार, समाज र मुलुककै लागि आवश्यक छ । संघसंस्था, व्यावसायिक प्रतिष्ठान एवं सरकारी निकायमा पनि ‘डिइआई’ को अभियान अगाडि ल्याउन थालिएको छ । यो समावेशिताको अभियान हो । नेपालमा यस्ता थुप्रै संघसंस्था छन् जसले यो अभियानलाई अंगीकार गरी स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारमा बल पु¥याई विभिन्न काम गरिरहेका छन् ।
‘एनसेल आजियटा’ को विभिन्न शाखाको नेतृत्व गरिरहेका यी पाँच जना महिलाले ‘डिइआई’ को लक्ष्य र उद्देश्य प्राप्तिका लागि समाजमा गरिरहेका विविध खाले काम र त्यसले ल्याएको परिवर्तनबारे यहाँउल्लेख गरिएको छ ।
विशाखालक्ष्मी खड्का (कर्पोरेट कम्यूनिकेसन्स एण्ड सिएसआर हेड)
पञ्जाव युनिभर्सिटीबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर विशाखाले पाकिस्तानको नेसन्स न्यूजमा पाँच वर्ष उप–सम्पादकका रूपमा काम गरिन् । त्यसपछि उनी पोलिटिकल इकोनोमी एन्ड बिजनेस स्टडीका लागि अमेरिका पुगिन् । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेकी उनी नेपाल फर्किएर आफ्नै देशमा सेवा गर्न चाहन्थिन् । त्यसैले उनी नेपाल फर्किएर पुनः करियर सुरु गरेको बताउँदै भन्छिन्–‘घर भनेको घरै हुँदोरहेछ । माया गर्ने, आफूलाई महत्व दिने मानिसहरूसँग बसेर काम गर्नुको मज्जा नै बेग्लै । नेपाल केही कुरामा कम छैन ।’
सन् २०१९ मा एनसेलमा जोडिन पुगेकी विशाखा दुई सन्तानकी आमा हुन् । उनले पारिवारिक र व्यावसायिक जीवनलाई सहज र सन्तुलित ढंगले अगाडि बढाइरहेकी छिन् । संस्थाभित्र उनले नेतृत्व सम्हालेको शाखाले अहिले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरिरहेकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । भन्छिन्–‘व्यावसायिक कामसँगै यहीँबाटै सामाजिक योगदान दिन सकेकोमा खुसी छु । हाम्रो संस्थाले मेरै शाखामार्फत ठूलो रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । ‘डिइआई’ यसैमध्येको एक आन्दोलन हो । कार्यालयभित्र र बाहिर पनि हामी ‘डिइआई’ का विषयमा अत्यन्त संवेदनशील भई अगाडि बढिरहेका छौं ।
एनसेल महिला सशक्तीकरण सिद्धान्त (डब्ल्युइपिएस) को हस्ताक्षरकर्ता हो । जुन ‘डिइआई’ अन्तर्गत पहिलो कदम हो । अन्तर्राष्ट्रिय फोरममा भएको यो प्रतिज्ञाले संगठनभित्र र बाहिर ‘डिइआई’ लाई प्रवद्र्धन गर्ने प्रतिबद्धता देखाउँछ । यसअन्तर्गत महिला वयस्क साक्षरता कार्यक्रम, निर्भीक नारी शृंखला, नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन, नेपालमा आश्रय सेवालाई सुदृढ पार्ने गतिविधिहरू, सर्लाही र रूपन्देहीमा रहेका करिब दुई सय महिलालाई साक्षरता कक्षाहरू सञ्चालन, पुल्चोक क्याम्पसमा अध्ययनरत महिला टपर विद्यार्थीहरूलाई छात्रवृत्तिलगायतका कार्यक्रमहरू सम्पन्न भइसकेको उनले बताइन् । उनी भन्छिन्–‘पहिले ती ग्रामीण भेगका महिलाहरू हस्ताक्षर गर्न सक्दैनथे र बोल्न पनि लाज मान्थे । औंठा छापमै जिन्दगी चलेको थियो हाम्रो साक्षरता कक्षापछि अहिले आफ्नो बैंक खाता आफैं खोल्न सक्षम भएका छन्, चेकमा गर्वका साथ हस्ताक्षर गर्छन् ।’
यसबाहेक आफूहरूले सात वटै प्रदेशका प्राविधिक पृष्ठभूमिका कलेज छात्राहरूलाई एउटै प्लेटफर्ममा ल्याउन सफल भएको र उनीहरूले ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा आफ्ना विचार र नवीन उत्पादनहरू प्रदर्शन गर्ने अवसर पाएका थिए । सूचना प्रविधिमा छात्रालाई प्रवद्र्धन गर्ने र समान अवसर प्रदान गर्ने काम यसले गरेको थियो । साथै पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा उत्कृष्ट हुने छात्रालाई छुट्टै विधाका रूपमा एनसेल छात्रवृत्ति र उत्कृष्टता पुरस्कार पनि प्रदान गर्दै आएको विशाखा बताउँछिन् । ‘हामी आफैंमा मात्र होइन, हाम्रा साझेदारहरूलाई पनि कार्यस्थलमा ‘डिइआई’ प्रवद्र्धन गर्न आग्रह गर्दै आएका छौं र सोहीअनुरूप हाम्रा एक साझेदारले एनसेलसँग सम्बन्धित परियोजनामा ९० प्रतिशत बढी महिला कर्मचारी भर्ती गरेका छन् । जब हामी ती महिला कर्मचारीहरूलाई मर्मतका लागि काम गरिरहेको देख्छौं, हाम्रो प्रभावको परिणाम देख्न पाउँदा खुसी महसुस गर्छौं ।’ ‘डिइआई’ को उपलब्धिबारे विशाखा भन्छिन्–‘अहिलेसम्म त्यस्ता चुनौतीहरूको सामना गर्न नपरे पनि यही क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ । अर्को कुरा हामी जस्तो निजी क्षेत्रको कम्पनीले एक्लै यसलाई ड्राइभ गर्न सक्दैनौं । स्थानीय स्तरमा पनि यो आन्दोलन चलाउन पूर्ण इकोसिस्टम डिजाइन गर्नु आवश्यक छ ।’
आगामी दिनमा स्थानीय निकायसँगको सहकार्यमा विकासका योजनाहरू बनाउने उनी बताउँछिन् । ती योजनाबाट सबै क्षेत्रको उन्नति हुने कुरा बताउँदै उनले भनिन्–‘यो अभियानलाई राष्ट्रिय आवाज बनाउनेछौं ।’
अनुषा प्रधानाङ्ग (ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर)
नेपालमा जन्मिएर अफ्रिकामा हुर्किएकी अनुषा प्रधाना¨ले भारतलगायत थाइल्यान्डबाट शिक्षा प्राप्त गरिन् । दुई सन्तानकी आमा अनुषा घर व्यवस्थापन र व्यावसायिक जीवनमा मात्रै नभएर सामाजिक काममा पनि सफल छिन् । विगत १३ वर्षदेखि दूरसञ्चार संस्था ‘एनसेल आजियटा’ मा कार्यरत उनी आफ्नो संस्थाभित्र महिला सहभागिता अत्यन्त बलियो भएको र निर्णायक तहमा उनीहरूको नेतृत्वले स्थान पाइरहेको बताउँछिन् । ‘यहाँ महिलाको उपस्थिति र सहभागिता नभएको बैठक र छलफल सत्रहरू बिरलै भेटिन्छन् ।’ उनी भन्छिन्–‘हामी हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएर थप रचनात्मक र नयाँतरिकाहरू खोजिरहेका हुन्छौं । सोहीअनुरूप हामीले ‘डिइआई’ लाई अगाडि ल्याएका हौं । त्यसैल ेहरेक संस्थाले यो विषयलाई समावेश गर्नु आवश्यक छ । यसले आत्मविश्वास र मानसिक शान्तिको भावनालाई बढावा दिन्छ ।’
हरेकको सानो प्रयासले समाजमा ठूलो अर्थ राख्ने बताउने अनुषाले सन् २०१९ मा एनसेलले पहिलो पटक यो कार्यक्रम घोषणा गर्दै कर्मचारीहरूलाई सहभागी हुनका लागि मनोनयन आमन्त्रित गर्दा आफू निकै उत्साहित भएको जानकारी दिइन् । त्यसपछिका दिनमा यो संस्थाले राम्रो काम गरी उल्लेख्य उपलब्धि हासिल गरिरहेको उनको तर्क छ । भन्छिन्–‘एनसेलले चेतना जगाउने र बेन्चमार्कहरू सिर्जना गर्ने गरेको पहलले अन्य धेरै कम्पनीहरूलाई यात्रामा सामेल हुन र त्यसलाई मूर्तरूप दिन प्रेरित गर्ने आशा गरेकी छु ।’
‘डिइआई’ अन्तर्गत विभिन्न विषयमा संलग्नतालाई निरन्तरता दिनका लागि नीति र कार्यक्रम प्रारम्भ हुन्छ । हाम्रो प्रभाव र प्रतिबद्धता सुनिश्चित गर्न हामी वार्षिक रोडम्यापमा काम गर्छौं । हाम्रा योजनाहरू कार्यान्वयन गर्न साप्ताहिक बैठकहरू गर्छौं । हामीले गरेका केही गतिविधिहरूमा यसको लोगो र ट्यागलाइन सिर्जना गरेका छौं जुन हामीले हाम्रा सबै आन्तरिक संचार सामग्रीहरूमा प्रयोग गरिरहेका छौं ।’ यो वर्ष आफूहरूले राष्ट्रिय र विशिष्ट चाडपर्वको महत्वलाई वकालत गर्दै सम्पूर्ण सहकर्मीहरूसँग विभिन्न गतिविधिमार्फत हर्षोल्लासका साथ मनाएको उनले बताइन् । यसभित्रका विविध गतिविधिमा संस्कृति, चाडपर्व, जागरूकता भिडियोहरू, कर्मचारी भ्लगहरू, अभिवादन र शुभकामनाहरू, प्रशंसायुक्त भिडियोहरू, ‘डिइआई’ ट्युटोरियल भिडियोहरू, मानसिक स्वास्थ्य कार्यशालाहरू र प्रश्नहरू, लैंगिक तथा अल्पसंख्यक समुदायका बारेमा जागरूकता, पुरस्कारहरू र तथ्यमा आधारित प्रचार–प्रसार सामग्रीहरू समावेश छन् । पाइपलाइनमा अन्य धेरै पहलहरू छन् । सबै कर्मचारीहरूलाई तिनीहरूको भिन्नताहरूका बाबजुद जागरूकता र सहभागितामार्फत एकताबद्ध गर्ने उनको अपेक्षा रहेको छ ।
ज्योती दाहाल (कस्टमर एक्सपिरियन्स म्यानेजर)
सिनामंगलकी ज्योति दाहालले ≈वाइट हाउस कलेजबाट स्नातकोत्तर गरिन् । विदेश जानका लागि अनुभव बटुल्न १५ वर्षअघि एनसेल छिरेकी उनी यहाँभित्रको वातावरण र कार्यशैलीबाट प्रभावित भएर विदेश जाने कुरा नै बिर्सेको बताउँछिन् । एक छोराकी आमा ज्योति अहिले आफ्नै देशमा नाम, दाम र प्रतिष्ठा कमाइरहेकी छिन् । आफूले काम गर्ने संस्थाभित्र महिलामैत्री वातावरण, निर्णायक शक्ति र अवसर आदिमा समान सुनुवाइ हुने भएकाले घर व्यवस्थापन र करियरबीच कुनै समस्या नआएको उनको तर्क छ । अहिले उनको प्रत्यक्ष निगरानीमा सय जना कर्मचारी छन् भने अप्रत्यक्ष रूपमा गनेर साध्य छैन किनभने उनलाई नेपालभरका नौ हजार पाँच ग्राहक, ३४ वटा एनसेल कल सेन्टरलगायत कस्टमर इंगेजमेन्टतर्फ सम्पूर्ण ग्राहकको गुनासो सुन्नेदेखि संवाद गर्नेसम्मको जिम्मेवारी छ । आवश्यक परेको खण्डमा चौबीसै घण्टा उपलब्ध हुनुपर्ने काम भएकाले आफ्नो सक्रियता अझै बढेको उनको तर्क छ । आफ्नो संस्थाको टोली, एकाइ, खण्ड, विभाग र कम्पनीमा पुरुष÷महिला प्रतिनिधित्वको निकै सन्तुलित छ भन्ने ज्योति महिला सहकर्मीहरूले विभिन्न शाखा हाँकिरहेको संस्थामा काम गर्न पाउँदा गौरवान्वित भएको बताउँछिन् ।
लेना केशरी कंशाकार (नेटवर्क प्लानिङ्ग एण्ड स्ट्राटेजी म्यानेजर)
लामो समयदेखि एनसेलमा कार्यरत लीना केशरी कंसाकार बाटाघाटामा भएका अग्ला टावरमा चढेर मर्मत सम्भार गरिरहेको भेटिन्छिन् । महिलाले चाहे भने जे पनि गर्न सक्छन् भन्ने उनी ‘डिइआई’ का क्षेत्रमा देखापरेका परिवर्तनबारे भन्छिन्–‘यो पहलले एनसेललाई फरक ढंगले सोच्न बाध्य बनाएको छ । यो धेरै फराकिलो विषय पनि हो । हामीसँग भएका विविध संस्कृतिलाई सोही ढंगले मनाउन थालेका छौं । यसले फरक ढंगले सोच्ने काम गर्ने कुरामा परिवर्तन ल्याएको छ ।’ आफूहरूले सुरु गरेको यो सानो पहलले ठूलो परिवर्तन ल्याएको छ । हरेक नयाँपहल वा परिवर्तन चेतना र सचेत भइसकेपछि हामीले गर्ने कामबाट समाजमा त्यसको प्रभाव फैलिने कुरामा दृढ लीना समावेशिताको सिद्धान्तलाई अबको युगमा नकार्न नसकिने बताउँछिन् । उनी भन्छिन्, सामाजिक रूपमा ‘डिइआई’ को सिद्धान्तले पारेको प्रभाव र परिवर्तनलाई माथिदेखि तलसम्म सचेत गराउनु आवश्यक छ ।’
उमा महर्जन (कम्पेनसेसन एण्ड ट्यालेन्ट म्यानेजर)
पाटनढोकाकी उमा महर्जनले कानुन पढिन्, केही समय वकालत गरिन् । फरक अनुभव बटुल्न १८ वर्षअघि एनसेल आइपुगिन् । सुरुमा कर्पोरेट क्षेत्रमा छिर्दा चुनौती थिए तर विस्तारै उनले त्यसलाई सहज ढंगले सुल्झाउँदै गइन् । दुई सन्तानकी आमा उमा कार्यस्थलमा महिलाका लागि उपलब्ध सहयोग र वातावरणले घरपरिवार र कामबीच सन्तुलन मिलाउन सफल भएको बताउँछिन् । आफू कार्यरत संस्थाभित्र ‘डाइभर्सिटी, इक्विटी र इन्क्लुजन’ अर्थात् ‘डिइआई’ (विविधता, समानता र समावेशिता), को अवधारणामा पहल गर्नेमध्ये उमा पनि एक प्रमुख हुन् । उनी भन्छिन्–‘सामाजिक सञ्जालमा साझेदारी गरेर र सहकर्मीहरूद्वारा उच्चारण गरिने शब्दका साथै कम्पनीले विविध सामाजिक सञ्जालका पृष्ठहरूमा यसबारे प्रयोग गरेको ब्रान्डिङ, शैक्षिक, सामाजिक गतिविधि आदिले यसप्रतिको सामाजिक प्रभाव उच्च भएको छ ।’
दुई वर्षअघि कम्पनीले ‘डिइआई’ को अवधारणा सुरु गर्दा केही चुनौती थिए । संसाधन अवरोधहरू, छुट्टै स्थानको समस्या, बलियो र विविध ज्ञानको कमी र रेगुलर कामसँगै अतिरिक्त मुद्दाहरू सुरुवाती समस्या रहेको बताउँछिन् । तर पछिल्ला दिनमा ‘टिम वर्क’ र ‘टिम स्पिरिट’ ले गर्दा यसको कार्यान्वयन सरल भएको पनि उनले थपिन् । ‘म अहिले ‘डिइआई’ लाई अंगाल्ने नीति बनाउने र कार्यान्वयन गर्ने अवसरहरूको खोजीमा अन्वेषणात्मक तरिकाद्वारा काम गरिरहेकी छु । हामीले गत वर्षदेखि सुरु गरेका केही पहलहरू भनेको एनसेलका प्रमुख मानव संसाधन मार्ग निर्देशनहरूमध्ये ‘डिइआई’ को पालना समावेश गरेका थियौं ।’