नवीन सोचका साथ कम लगानीमा कुनै पनि व्यवसाय स्थापना गर्नुलाई नै ‘स्टार्टअप बिजनेस’ का रूपमा लिइन्छ । पछिल्लो समय नेपालमा स्टार्टअपमा युवाहरू अगाडि बढ्दैछन् । व्यवसाय गर्ने उद्देश्यका साथ उनीहरू नयाँ सोचका साथ अघि सरेका छन् । होटल व्यवसायदेखि वातावरणीय पर्यावरणसम्म उनीहरूले नयाँ सोचको विकास गर्दैछन् ।
होटल व्यवसायमा महादीप
चितवन माडीका महादीप अधिकारीलाई सानैदेखि इन्जिनियर बन्ने सपना थियो । विद्यालयस्तरमै राम्रो विद्यार्थीका रूपमा दरिएका उनी आफ्नो सपना पूरा गर्न उच्च शिक्षामा विज्ञान विषय पढे । तर, उनको इन्जिनियर बन्ने बाटो तब मोडियो जब ‘पार्टनरसीप’ मा होटल व्यवसायमा लगानी गर्न प्रस्ताव आयो । साथीको प्रस्ताव स्वीकार गरेर उनले सात वर्षअघि चितवनमा रेस्टुरेन्ट र गेस्ट हाउस चलाउन थाले । व्यवसाय गर्ने सोच भने उनको थिएन । चार जना साथी मिलेर करिब ३६ लाखमा सञ्चालनमा ल्याएको रेस्टुरेन्टमा लगानी गर्न उनले बैंकबाट केही रकम ऋण लिए । त्यसले रेस्टुरेन्ट व्यवसाय गर्न मात्र सिकाएन उनलाई आतिथ्य संस्कार पनि सिकायो । उनले भने, ‘रेस्टुरेन्ट यस्तो व्यवसाय हो, जहाँ व्यवसायसँगै आतिथ्य संस्कारको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’चितवनको त्यो होटल व्यवसाय र आतिथ्य संस्कार दुई वर्षयता काठमाडौंमा उनले दिइरहेका छन् । कलंकीमा ‘होटल पशुपति एण्ड लज’ मार्फत उनले सेवा दिइरहेका हुन् ।
३४ वर्षीय उनलाई यो व्यवसायमा आफ्नो लगानीले आत्मसन्तुष्टि दिएको छ । उनले मासिक दुई लाख आम्दानी गर्छन् । १८ वटा कोठामार्फत पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उनको भनाइ छ । उनले भने, ‘सानो लगानी गरेपनि राम्रो प्रतिफल आउने भएकाले यो व्यवसायले सन्तुष्टि दिएको छ ।’ २४ घण्टा सेवामा खटिनुपर्ने व्यवसाय भएकाले जनशक्ति र सुरक्षाको चुनौती मुख्य रहेको उनले बताए । युवावस्थामै व्यवसायमा प्रवेश गरेका उनले नेपालमा अवसर पाउन सके धेरै युवा विदेश पलायन हुन नपर्ने जनाए । यसका लागि युवाहरू आफै अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘यहाँ गर्न खोज्नेलाई प्रशस्त अवसर छन् तर त्यसका लागि युवाहरू आफै अग्रसर र व्यक्तिगत संघर्ष गर्नुपर्छ’उनले भने । युवाहरू विदेश जान बाध्य हुनु चाहिँ सरकारी नीति प्रभावकारी नहुनु हो भन्ने उनलाई लाग्छ । सरकारी स्तरबाट युवाहरूलाई सहुलियत ऋण प्रदान गरेर मात्र पनि धेरै युवा व्यवसायमा आउन सक्ने उनको तर्क छ ।
फेसन डिजाइनिङमा सोनाम
गाउँबाट रिूद्यार्थीहरू पढाइको सपना बोकेर सहरमा पसेका हुन्छन् तर सहरमा हराउँदै जाँदा उनीहरूको पढाइ पनि हराउँदै गएको हुन्छ । ‘पार्ट टाइम’ काम नपाउनु, पढाइ खर्च जुटाउन नसक्नु आदि कारणले उनीहरूको पढाइ छुटेको भान भइरह्यो सोनाम लामालाई । आर्थिक अभावका कारण विद्यार्थीहरूको पढाइ नबिग्रियोस् भन्ने उद्देश्यका साथ उनले काममा विद्यार्थीलाई प्राथमिकता दिएका छन् । ‘पार्ट टाइम’ काम दिँदा विद्यार्थीहरू पढाइसँगै काम पनि सिक्दै जान्छन् भन्ने उनको सोच हो । उनले आफ्नो व्यवसायमा विद्यार्थी मात्र नभई सीमान्तकृत समुदायप्रति पनि उत्तरदायी भएर काम गरिरहेका छन् । उनले भने, ‘मेरो व्यवसायको मुख्य उद्देश्य भनेकै विद्यार्थीदेखि सीमान्तकृत समुदायलाई फोकस गर्नु हो ।’
व्यवसाय गर्ने, त्यसमा पनि फेसन डिजाइनर बन्ने सोच उनको कहिल्यै थिएन । इलामबाट उनले ‘बायोमेडिकल’ मा स्नातक गरेपछि उनी स्नातकोत्तर गर्न अस्टे«लिया जाने तरखरमा थिए । तर, कोरोनाले त्यो रोकिदियो । लकडाउनले उनलाई फेसन डिजाइनर बन्ने मोडमा पु¥यायो । आफ्नो रहर पूरा गर्न उनले डिजाइन गर्दै कपडा बनाउन थाले । सामाजिक सञ्जालले उनलाई धेरै माझ पु¥याइदियो । उनलाई थप अर्डर आउन थाल्यो । घरकै कोठाबाट उनले फेसन डिजाइङि सिक्दै ग्राहकसम्म पुग्न थाले । गायिका अभय सुब्बाको म्युजिक भिडियोमा उनले उपलब्ध गरेको गाउनका कारण उनलाई ‘डिजाइनर’ का रूपमा स्थापित गरिदियो । उनले भने, ‘सानो परिमाणमा काम त गरिरहेको थिएँ, तर अभय सुब्बाले म्युजिक भिडियोमा लगाएको गाउनका कारण भने मलाई डिजाइनरका रूपमा स्थापित गरिदियो ।’ शून्य लगानीमा व्यवसाय थालेका उनले बिस्तारै नया“ सोचका साथ त्यसलाई अघि बढाए । समुदायप्रति उत्तरदायी हु“दै ‘इको फ्रेन्डी’ को धारणा पनि अघि सारेका छन् । कपडा बनाउन ‘वेस्टेट’ सामानहरूलाई पुनः प्रयोगमा ल्याउने र वैकल्पिक सामानहरूको उनले उपयोग गर्छन् । कपडाबाट ‘मास्क’, ‘हेयरब्यान्ड’, रबर बनाउने गरेका छन् । ‘इको फ्रेन्डी’ वातावरण बनाउन हरेक व्यवसायी अग्रसर हुनुपर्छ भन्ने उनलाई लागेको छ । पेसाले सरकारी जागिर सँगसँगै उनलाई व्यवसाय पनि विस्तार गर्नु छ । सानो लगानीमा सुरु भएको उनको व्यवसाय विदेशसम्म पुगिसकेको छ । कति लगानी र कति नाफा हुन्छ यसको हिसाब उनी राख्दैनन् । हेन्ड मेड पहिरन नै उनको ‘डिजाइनिङ’ को मुख्य विशेषता हो । एकल स्वामित्व, एकल लगानीमै उनले व्यवसाय सञ्चालन गरिरहेका छन् । युवालाई व्यवसायमा प्रोत्साहन गर्ने सरकारी नीति उपयुक्त नहुँदा धेरै युवा हतोत्साहित हुनुपरेको उनको भनाइ छ । ‘फेसन डिजाइनिङ’ बिस्तारै बामे सर्दै गइरहेको अवस्था छ । उनका अनुसार यो क्षेत्रमा अध्ययन–अनुसन्धान नगरी व्यवसाय गर्ने परिपाटीले नकारात्मक भूमिका खेलिरहेको हुन्छ ।
तीन साथीको ‘दिगो नेपाल’
बर्दियाकी अञ्जना मल्ल, तनहुँकी रजनी गुरुङ र काठमाडौंकी महालक्ष्मी श्रेष्ठ एउटा गैरसरकारी संस्थामा भेटिएका साथी हुन् । संस्थाको जागिर भन्दा पनि केही आफ्नै गर्ने सोचमा अञ्जना थिइन्, तर गर्ने के ? उनीसहित अन्य साथीहरूसँग कुनै आइडिया थिएन, लगानीको ज्ञान त झनै थिएन । तर, तीनै जनाको एउटा कुरा मिल्यो नयाँ ‘कन्सेप्ट’ मा काम गरांै । यसबारे उनीहरूबीच थुप्रै छलफल भएर निस्किएको आइडिया हो ‘दिगो नेपाल’ । जसको उद्देश्य–प्लास्टिकको प्रदूषण घटाउँदै वैकल्पिक र पर्यावरणमैत्री सामग्रीहरूको उत्पादन गर्ने । तर, उनीहरूले सोचेजस्तो सहज भने पक्कै थिएन । अञ्जनाले भनिन्, ‘हामीले पर्यावरणमैत्री सामग्रीहरूको उत्पादन र प्रवद्र्धन गर्ने सोचाइ त बनायौं तर बजारमा सामग्रीहरूनभेटिएका र भेटिएका पनि एकदमै महँगा थिए, हामीले नयाँ गर्नैपर्छ भनेर रिसर्च गर्न थाल्यौं ।’ अनलाइन प्लेटफर्म इन्स्टाग्राम बाट उनीहरूले आफ्नो धारणा र सामानहरूले प्रचार गर्न थाले । बासँको दाँत माझ्ने ब्रस, टोट ब्याग, कागजले बनेका कलम जस्ता सामग्रीहरू बिक्री गर्न थाले । तीन साथीको जोसले जन्मिएको ‘दिगो नेपाल’लाई सुरुवातमै कोरोनाले धक्का दियो । त्यसताका व्यवसायलाई थप बिस्तार गर्न र ग्राहकहरूको आवश्यकता बुझ्ने मौका जु¥यो । अञ्जनाले भनिन्, ‘ग्राहकहरूले कस्ता सामग्रीहरू रुचाउँछन् भन्ने कुरालाई हामीले मुख्य प्राथमिकतामा राखेर व्यवसाय सुरु गरेका हौं ।’
तीन वर्षअघि पाँच जना श्रमिक महिलाबाट सुरु भएको व्यवसायमा हाल २० देखि २५ जना महिलाले रोजगारी पाएका छन् । काठमाडौं, बर्दिया, बाँकेलगायतका क्षेत्रका महिलाहरूले सीपको सदुपयोग गर्न पाएको अञ्जनाको भनाइ छ । उनले भनिन्, ‘महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउनु पनि हाम्रो मुख्य उद्देश्य हो, एकल एवं गृहिणी महिलालाई हामीले सीपको सदुपयोगका लागि अग्रसर गराएका छौं ।’
‘दिगो नेपाल’ ले बास्केट, पेन होल्डर, हट म्याट, टोटे ब्याग, काठको काइँयो बिक्री गर्छ । बिक्रीका लागि सामाजिक सञ्जाल नै प्रयोग गर्ने गरेको छ । काठमाडौंदेखि बाहिरसम्म विभिन्न समयमा स्टलहरूमार्फत सामग्रीहरू बिक्री–वितरण गरिँदै आएको छ । नेपाली सामानहरू बजारमा केही महँगो पर्ने भएपनि लामो समय टिक्ने र ‘इको फ्रेन्डी’ हुने भएकाले प्रयोग गर्न आवश्यक रहेको अञ्जनाले बताइन् । उनले भनिन्, ‘हामीले पैसामा मात्र ध्यान दिन्छौं, तर के प्रयोग गरिरहेका छौं र त्यसले वातावरणमा कस्तो असर गर्छ भन्नेबारे ध्यान दिन आवश्यक छ ।’ वातावरण पर्यावरणसम्बन्धी व्यक्तिहरूमा बिस्तारै सचेतना जाग्दै गएको उनको भनाइ छ । उत्पादित सामानहरूको माग बढ्दै गएकाले व्यक्तिहरू सचेत हुँदै गएको पुष्टि हुन्छ । ‘दिगो नेपाल’ को आगामी योजना पर्यावरणमैत्री जीवनशैलीबारे जनचेतना जगाउँदै व्यवसायलाई अगाडि बढाउनु छ ।
दिदीबहिनीको ‘बिहे नेपाल’ एप
श्रेया र श्रद्धा कटुवालको परिवारमा कसैको बिहेको कुरा चल्दै थियो । बिहे गर्ने धेरै माध्यमबाट खोज्दा पनि पत्ता लगाउन सकिएन । त्यही क्रममा श्रेयाकी आमाले भनिन्, ‘अब बिहे एप बनाउ अनि विवाह गर्न अनलाइनमा मान्छे खोज्नुपर्छ ।’ श्रेयाले सफ्टवेयर इन्जिनियर पढ्दा कलेजमा बनाएको ‘एप’ प्रयोगमा आएको थिएन, त्यसैलाई ‘बिहे नेपाल एप’ मा परिणत गर्ने योजना बनाइन् । न्युजिल्यान्डबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर सकेर आएकीश्रद्धाले बहिनीको यही योजनालाई साथ दिइन् र सार्वजनिक भयो ‘बिहे नेपाल एप’ । समयमा निकै परिवर्तन आइसकेको छ, अनलाइनबाट जोडी खोज्नेहरूको संख्या पनि बढ्दै गएको उनीहरू बताउँछन् । अघिल्लो वर्ष सार्वजनिक भएको यो ‘एप’मा केही समयमै डाउनलोड गर्नेहरूको संख्या १५ हजार पुगिसकेको थियो । यसले दिदीबहिनीलाई काम गर्न थप प्रेरणा मिल्दै गयो ।
यस ‘एप’का प्रयोगकर्ता दुई किसिमका छन्–एउटा फ्रि युजर र अर्को भीआइपी युजर एप प्रयोग गर्न, म्याचिङ गर्न, च्याट गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । तर, ‘भीआईपी क्लब’ मा केही निश्चित रकम तिरेर प्रवेश गर्नुपर्ने श्रेया बताउँछिन् । ‘भीआईपी क्लब’ मा ‘प्राइभेसी’ हुन्छ । एक–अर्कासँग कुराकानी गर्न सकिन्छ । ‘डकुमेन्टहरू भेरिफाइ’ गरेर प्रवेश गराइएको हुन्छ । उनले भनिन्, ‘अहिले सुरक्षित रूपले सेवा नै दिइरहेका छौं, यसलाई बिस्तारै व्यावसायिक बनाउने योजनामा छौं ।’ प्रयोगकर्ताहरूलाई केही विज्ञापन छुटको व्यवस्था पनि छ । ‘ब्लाककार्ड’, १९९‘भीआइपी कार्ड’ जस्ता ले केही रकम तिर्नुपर्छ । बिहे ‘एप’ को ‘डाउनलोड’ एक लाख २० हजार पुगिसकेको छ । हातहातमा मोबाइल प्रविधि आइसकेको अवस्थामा जीवनसाथी खोजिरहेकाहरूका लागि यो उपयुक्त भएको श्रेयाले बताइन् । यो ‘एप’बाट धेरै जोडी बा“धिसकेका छन् । जीवनसाथीको खोजीमा रहेका प्रयोगकर्ताहरूको उमेर, ठेगाना सम्पूर्ण जानकारी दिई छनोटको सुविधा भएकाले विवाहका लागि धेरै सहज हुने उनको भनाइ छ । उनले भनिन्,‘आफूले गरेको सानो प्रयासले पनि कसैले जीवनसाथी खोज्छ भने यो भन्दा खुसीको कुरा अरु के हुन सक्ला र ?’ ‘एप डाउनलोड’ गर्ने पुरुषको तुलनामा महिलाहरूको संख्या न्यून छ । सामाजिक संरचनानुसार पनि महिलाहरूले विवाह प्रस्ताव राख्न लजाउने कारणले पनि कम भएको श्रेयाले बताइन् । अझै पनि नेपाली अनलाइन विवाहमा अभ्यस्त हुन केही समय लाग्ने उनको भनाइ छ ।
रश्मिको न्यू डिजाइन
नेवारी भाषामा ‘न्यू’ को अर्थ ‘नयाँ’ भन्ने हुन्छ । यही शब्द प्रयोग गरेर व्यावसायिक यात्रा सुरु गरिन् रश्मि तण्डुकारले । उनको व्यवसायको मुख्य उद्देश्य भनेको पर्यावरणमैत्री सामग्रीहरूको उत्पादन र ‘रिसाइकल’ गर्नु हो । पुराना कपडालाई नयाँ डिजाइन दिने उद्देश्यका साथ यो व्यवसाय सञ्चालनमा आएको हो ।
उनले फालिएका जिन्स कपडाबाट विभिन्न सामग्रीहरू उत्पादन गर्दै बिक्री गर्ने गरेकी छन् । उनको यो व्यवसाय लकडाउनपछि अगाडि बढेको हो । विशेषगरी लकडाउनपछि थुप्रै जिन्स उद्योगहरू खुल्न थाले, जसले गर्दा रश्मिलाई व्यवसाय बिस्तार गर्न मद्दत पुग्यो । फालिएका जिन्स कपडाहरू नै उनको व्यवसायका कच्चा पदार्थ हुन् । जिन्स भने ‘स्टङ फ्रेबिक’ भएकाले लामो समयसम्म टिकाउ पनि हुने र आकर्षक पनि देखिने हुनाले उनले जिन्सलाई नै रोजेकी हुन् । उनले भनिन्, ‘हामीले फालिएका सामानहरूको पुनःप्रयोगमा ल्याउने प्रयास गरेका हांै, यसलाई निरन्तरता दिइरहेका छौं।’ सुरुमा उनले सानो परिमाणमा ल्यापटप ब्याग, पर्स, मिनी ब्याग जस्ता सामग्रीहरू उपहार दिन थालिन् । तब उनले सबैलाई उनको कामलाई राम्रो प्रतिक्रिया दिए । जब उनी व्यावसायिक रूपमा अगाडि बढिन् तब उनको आलोचना गर्न थाले ।
नयाँ कपडा किनेर लगाउनुको साटो अरूले फालेका कपडाहरू बटुल्न थालेको भन्दै धेरैले उनलाई खिसी गर्न थाले । उनले आलोचना सुन्दै चुनौती झेल्दै व्यवसायलाई बिस्तारै बिस्तार गर्न थालिन् । घरको आफ्नै कोठाबाट आफूले सुरु गरेको उनको व्यवसायका लागि अहिले घरको एउटा फ्ल्याट छुट्याएकी छन् । सिलाइ गर्ने महिलादेखि डिजिटलमा समेत उनले रोजगारी दिएकी छन् । बिक्रीका लागि अनलाइन प्लेटफर्म नै प्रयोग गरेकी छन् । उनले भनिन्, ‘अहिलेको समयमा हरेक कार्य अनलाइन हुन थालेका छन्, जसले गर्दा बिजनेस पनि अनलाइनमार्फत सहजै सञ्चालन गर्न सकिन्छ ।’ अनलाइन मार्फत नै सामग्रीहरूको माग पनि बढ्दै गएको छ । फेसन परिवर्तन भइरहने भएकाले पनि व्यवसायमा केही चुनौती भने हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘कपडाका ब्यागहरूमा फेसन परिवर्तन भइरहन्छ, आफूलेनै बजार बुझेर अपडेट हुँदै सामानहरू उत्पादन गर्नुपर्छ ।’