काठमाडौं मरुटोलमा जन्मिएकी संगीता लामा नेवारी टोलमा हुर्किइन् ।सानैदेखि हक्की र निडर स्वभावकी उनी दैनिक डायरीका साथै कविता पनि लेख्थिन् । उनलाई साहित्यमा रुचि थियो । आफूले लेखेका कथा–कविताहरू उनले कामना पत्रिकामा प्रकाशित गराउ“थिन् । पत्रिकामा छापिएका लेखहरूले उनलाई थप लेख्न हौसला बढाउँथे । लेखन सीप निखार्नका लागि उनले नेपाल प्रेस इन्स्टिच्युटमा १० महिनाको पत्रकारिता प्रशिक्षण लिइन् । त्यसपछि के गर्ने ? भन्ने भयो । त्यतिबेला प्रशस्त मिडिया थिएनन् । त्यसैले उनले राजधानीको एउटा सुपर मार्केटमा काम गर्न थालिन् ।
०४६ को जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था आयो । कान्तिपुर दैनिकलगायतका थुपै्र पत्रिका प्रकाशनमा आए । त्यसैबीच नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा सञ्चालनका लागि जनशक्ति तयार पार्दै थियो । त्यसमा जोडिने अवसर मिल्यो । रेडियो नेपालबाट रेडियो, वातावरणका लागि थुप्रै रिपोर्ट तयार पार्नुपथ्र्याे । उनले १० हजारको फेलोसिप पाएपछि देशका थुप्रै ठाँउ घुमेर रिपोर्टहरू बनाउन थालिन् । गाउ“ले महिलाका जीवनका कथाहरूदेखि सुकुम्बासीसम्मका रिपोर्टहरू लेखिन् ।
०५२ तिर उनले द्वैमासिक ‘हिमाल’ पत्रिकामा प्रशिक्षार्थी पत्रकार भएर काम गरिन् । त्यसमा खोजमूलक रिपोर्टहरू लेखिन् । फिल्डमै गएर रिपोर्टिङ गर्न रुचाउने उनी हरेक ठाँउमा हिँडेर पुग्थिन् । पत्रकारहरूले स्रोतहरूलाई भेट्नुपर्छभन्ने उनको मान्यता थियो । उक्त पत्रिकामा उनी एक्ली महिला रिपोर्टर थिइन् । उनलाई काम गर्न भने कुनै असहज भएन । कामप्रतिको लगाव र इच्छाशक्तिले उनलाई पत्रकारितामा डो¥याइरह्यो ।
उनले भनिन्, ‘पत्रकार हुनका लागि फिल्डमै खटिनुपर्छ र खोजमूलक समाचार तयार पानुपर्छ ।’ एउटा समाचार बनाउन पनि उनी लामो समय लगाउ“थिन् । यसको उदारहण हो,‘पशुपतिमा भेटीको भ्रष्टाचार’ । करिब दुई महिना लगाएर उनले भेटीमा कसरी भ्रष्टाचार भइरहेको छ भन्ने समाचार लेखिन् । त्यसले राम्रो चर्चा पाएसँगै त्यो समाचारले अदालतसम्म ठाउ“ पायो । उनको पत्रकारिता काठमाडौंमा मात्र सीमित रहेन । द्वन्द्वकालमा रोल्पा–रुकुमजस्ता ठाउ“मा पुगेर उनले निरन्तर रिपोर्टिङ गरिरहिन् ।
२३ वर्षअघि विश्वभरका पर्र्वतारोहीहरूस“ग नेपाली पा“च महिला पनि आरोहणमा गएका थिए । त्यही टिममा पत्रकार महिलाहरू रम्यता लिम्बूसँगै आधार शिविरमा दुई महिना बिताएर फर्किइन् । कहिले देशका कुनाकानामा त कहिले आधार शिविर हुदैं उनी चाइनाको बोर्डरसम्म पुगिन् । नेपालमा चाइनिज कमसल र नक्कली सामानहरू कसरी भित्रिरहेका छन् भन्ने उनले जानकारी दिइन् । उनले भनिन्, ‘नेपालीहरूका लागि चाइनाबाट कम गुणस्तरका वस्तुहरू कसरी भित्रिन्छन् भनेर हामीले देखायौैं ।’
‘हिमाल’ पत्रिका साप्ताहिकबाट पाक्षिक बन्यो । नया“ सम्पादक आएपछि पत्रिकाको स्वरूप बदलिँदै गयो । उनका सामाजिक विषयवस्तु पनि छायामा पर्न थाले । आफूले गरेको काम र समाचारले बिस्तारै स्थान कम पाउन थालेको उनले महसुुस गरिन् । पछि पत्रिका छाडिन् ।
उनले ‘हाकाहाकी’ मासिक पत्रिकामा सह–सम्पादकको जिम्मेवारी पाइन् । उनको पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरमा ठाउँ पाउन थाल्यो । नर्वेको एक पत्रिकामा एक वर्ष उनले काम गरिन् । स्वीडेनमा तीन महिना पत्रकारिता तालिम, अमेरिकाको हवाई युनिभर्सिटीअन्तर्गतको ‘इस्टवेस्ट सेन्टर’बाट पत्रकारितासम्बन्धी ‘फेलोसिप’ पनि पाइन् । त्यसपछि उनी ‘बिट’ पत्रकारिताबाट अलग भएर स्वतन्त्र रूपमा पत्रकारिता गर्न थालिन् । अन्तर्राष्ट्रिय टेलिभिजनहरूमा ‘डकुमेन्ट्री’ बनाउनेदेखि विभिन्न मिडियाहरूमा कलम चलाइरहेकी छन् । पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिमा पनि उनी अग्रसर भइरहिन् । उनको नेतृत्वमा पत्रकार महिलाहरूको व्यावसायिक संगठन क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को स्थापना भयो ।
पहिले पत्रकार महिलाहरू सीमित थिए तर अहिले संख्या धेरै बढेको छ । अझै पनि क्षमता अभिवृद्धि नभएको उनले अनुभव गरेकी छन् । पत्रकारहरूमा ‘प्यासन’ र खोजमूलक समाचारहरू कम हुदै गएका छन् । महिलाहरूलाई महिलाकै बिट दिनुपर्छ भनेर पनि महिलाहरू नेतृत्व तहमा आउन नसकेको उनको भनाइ छ । उनका अनुसार नेपाली मिडियामा समानता छैन । उनले भनिन्, ‘महिलाहरूलाई महिला बिट दिनुपर्छ उनीहरूले राजनीति तथा आर्थिक बिटमा कलम चलाउन सक्दैनन् भन्ने सोचाइ अझै पनि छ ।’
उनका अनुसार पत्रकारको क्षमता अभिवृद्धिका साथै मिडियाहरूले खोजमूलक समाचारहरूमा जोड दिनुपर्छ । साथै युट्युबरहरूदेखि पत्रकारहरूको काम–कर्तव्य छुट्याएर बहस गर्नुपर्छ । उनले भनिन्, ‘युट्युबरहरूले पत्रकारिताको काम र धर्मलाई धेरै असर पारेका छन् । पत्रकार के हुन् युट्युबर को हुन् भन्ने बहस गर्ने बेला भइसक्यो ।’