Successfully Copied

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन सो

ग्राजुएसन फेसन सोले नारीको साहस, आत्मविश्वास,क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भीकता, निडरता, विनम्रतालगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुलाई ‘अस्तित्व’ शीर्षकअन्तर्गत आठ वटा विभिन्न सिक्वेन्स मार्फत् पहिनका विभिन्न स्वरुप, डिजाइन र शैलीमार्फत उजागर गरिएको थियो।

सोमबार, चैत्र ३० गते साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार प्रेक्षालयमा नमूना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनङिमा स्नातक अध्ययनरत १५औं ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरुको सृजनशीलता र परिकल्पनामा पोखिएका अनेकन् सुन्दर एवं आकर्षक पहिरनहरुका स्वरुप र शैली प्रस्तुत गरिएको थियो । यस पटकको ग्राजुएसन फेसन सोले नारीको साहस, आत्मवश्विास,क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भीकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुलाई ‘अस्तित्व’ शीर्षकअन्तर्गत आठ वटा विभिन्न सक्विेन्स मार्फत् पहिरनका विभिन्न स्वरुप, डिजाइन र शैलीमार्फत् उजागर गरएिको थियो ।  ७९ वटा पहिरनहरुमा चाहे त्यो फेब्रिक छनोट होस् वा रंगको सम्मिश्रण, डिजाइन र शैलीको विविधता होस् हरेक पहिरनले नारी व्यक्तित्वलाईआकर्षक ढंगबाट प्रस्तुत गरिएको थियो । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातकतहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन सोको अर्को महत्वपूर्ण पाटो मास्कको फेसन पनि रह््यो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मञ्चमा उत्रिदा हलको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको थियो ।

यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पुतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । नमूना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त फेसनमययात्रा कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्यको रनवे हिडाई पछि बिट मारेको थियो । उक्त फेसन कार्यक्रममा २० जना युवती मोडलहरुले प्रस्तुती दिएका थियो । जस अन्तर्गत व्यवसायकि मोडलहरु र नमूना कलेजमै विभिन्न सेमेष्टरमा अध्ययरनत विद्यार्थी डिजाइनरहरु थिए ।

तस्बिरहरु: महेश प्रधान

 Image