तीजको पहिरनशैली
तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो ।
चाडपर्वको माहोल भएकाले यसपटकको नारी अंकमा हामीले ‘फेस्टिभ मेकअप’ लाई प्राथमिकता दिएका छौं । मोडलको अनुहारको सेप मिलेकाले कन्ट्रोल धेरै गर्नुपरेन । तर, अनुहारलाई सही सेप दिनका लागि चिकबोन, नाक, घाँटी, निधारमा हल्का कन्ट्रोल गरिएको छ । अनुहारको छाला भने सुख्खा भएकाले मेकअप नेचुरल देखाउन सबै उत्पादन ओयलबेस्डमा प्रयोग गरिएको छ । सबैभन्दा पहिला पूरै अनुहार क्लिन्जिङले सफा गरी त्यसमा टोनर, मोस्चराइजर र प्राइमर लगाइएको छ । छालाको बेस बनाउनुभन्दा पहिले आँखाको मेकअप गरिएको छ । सुरुमा आइब्रो बनाइएको छ । आइब्रो माउन्टेन सेपको भएकाले मोडलको अनुहारअनुसार त्यसलाई हल्का भी आकार दिइएको छ । त्यसपछि आँखाको मेकअपको लागि आइलिडमा कन्सिलर लगाएर लुज पाउडरले सेट गरिएको छ । क्रिज नबसोस् भनेर पाउडरको प्रयोग गरिएको हो । आइस्याडोको बेसका लागि पिंक कलर लगाइएको छ । ड्रेस कालो र गोल्डेन रंगको भएकाले म्याचिङ गरी आइस्याडो छनोट गरिएको हो । मरुन रंगमा हल्का कालो रंग प्रयोग गरी गोल्डेन रंगले टच गरिएको छ । लाइनरमा ‘क्याट आई सेप’ दिइएको छ । आँखाको दुवै कुनामा हल्का कोस तानिएको छ । आँखामुनिको भागमा गाजल र मरुन रंगको आइस्याडोले ब्लेन्ड गरिएको छ ।
अनुहारमा फाउन्डेसन, कन्ट्रोल लगाएर बेस बनाएपछि पिच रंगको ब्लस र लगाएर गोल्डन र ह्वाइट रंग मिक्स गरेर हाइलाइट गरिएको छ । त्यसपछि मरुन रंगको लिपिस्टिक लगाएर मेकअप पूरा भएको छ । केश लामो भएकाले हल्का कर्ल गरेर वेभी लुक दिइएको छ ।






मेकअप आर्टिस्ट : एलिना तामाङ, ऐना युनिसेक्स सलुन, ब्लुबर्ड मल, त्रिपुरेश्वर
तस्बिर : महेश प्रधान