Successfully Copied

फेब्रिक हेरचाह

– यो सबैभन्दा बढी प्रचलित फेब्रिक हो र यो हरेक प्रकारको छालामा सुट गर्छ । यसलाई घरमै सहज रूपमा धुन सकिन्छ ।

कटन

–    यो सबैभन्दा बढी प्रचलित फेब्रिक हो र यो हरेक प्रकारको छालामा सुट गर्छ । यसलाई घरमै सहज रूपमा धुन सकिन्छ ।

–    कटनका कपडाका लागि कुनै पनि राम्रो साबुन वा डिटरजेन्ट प्रयोग गर्न सकिन्छ ।

–    कटनका कपडा धुनुभन्दा पहिले १५–२० मिनेटसम्म भिजाउनुपर्छ ।

–    भिजाउनुभन्दा पहिले कपडामा लागेको दाग सफा गर्नु राम्रो हुन्छ ।

–    कटनको सेतो कपडालाई तातोपानीमा भिजाउनुपर्छ र रंगीन तथा प्रिन्टेड कपडालाई सादा पानीमा भिजाउनुपर्छ ।

–    कटनका कपडालाई वासिङ मेसिनमा पनि धुन सकिन्छ ।

–    सेतो कपडालाई घाममा सुकाउनुपर्छ र रंगीन कपडालाई उल्टो गरी छायामा सुकाउनुपर्छ । धुनुभन्दा पहिले रंगीन कपडाको रंग जाँच्नुपर्छ । रंग कच्चा छ भने यसलाई अलग्गै धुनुपर्छ ।

–    कटन फेब्रिकमा विशेषगरी कटन साडीमा स्टार्च गर्नुपर्ने हुन्छ । स्टार्च घरैमा बनाउन सकिन्छ वा बजारमा उपलब्ध रेडिमेड पनि प्रयोग गर्न सकिन्छ ।

–    कटन फेब्रिकलाई प्रेस गरे खुम्चिदैन र राम्रो पनि देखिन्छ ।

–    कटन हरेक प्रकारको छालाका लागि उपयुक्त हुने भएकाले इनरवेयरमा पनि कटन राम्रो हुन्छ ।

–    इनरवेयर्सका लागि कहिलेकाहीँ क्लोरिनयुक्त ब्लिच पनि प्रयोग गर्नुपर्छ । यसले कपडामा पहेंलोपन आउनबाट रोक्छ ।

–    इनरवेयर्स विशेषगरी गन्जी र पेन्टी प्राय: होजरी मटेरियलका हुन्छन् । अत: सुकाउँदा यिनको सेप नबिग्रियोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ ।

–    ब्राको हेरचाहका लागि यिनलाई वासिङ मेसिनमा वा तातोपानीमा धुनु हुँदैन । यसबाट यिनको इलास्टिक चाँडै बिग्रन्छ ।

सिल्क

–    सिल्कका कपडा घरमा धुनु त्यति राम्रो हुँदैन । कारण यी फेब्रिक धेरै सफ्ट हुन्छन् र यिनलाई धेरै केयर गर्नुपर्छ ।

–    धुनैपर्ने भए माइल्ड लिक्विड डिटरजेन्ट प्रयोग गर्नु उचित हुन्छ ।

–    धुँदा सेतो र रंगीन कपडाअनुरूप सावधानी अपनाउनुपर्छ ।

–    सिल्क फेब्रिकको रंग निस्कन सक्छ । त्यसैले धुनुभन्दा पहिले कपडाको एउटा कुना सादा पानीले धोएर चेक गर्नु राम्रो हुन्छ ।

–    सिल्कका हरेक कपडालाई अलग–अलग र हातले धुनुपर्छ ।

–    कपडाको लेबलमा दिइएको निर्देशन पालना गर्नुपर्छ ।

–    कपडामा स्टार्च छ भने स्टमी आइरनबाट प्रेस गर्नुपर्छ । यसलाई लन्ड्रीमा दिनु राम्रो हुन्छ ।

–    साटन सिल्कको इनरवेयर धुन पनि राम्रो साबुन प्रयोग गर्नुपर्छ ।

–    सिल्कलाई भिजाएर राख्नुहुँदैन तुरुन्तै हातले धुनुपर्छ र टाबेलमा बेरेर निचोर्नुपर्छ अनि ह्याङ्गरमा राखेर छायामा सुकाउनुपर्छ ।

–    दाग हटाउन निर्देशनको सही पालना गर्नुपर्छ ।

–    सिल्कका कपडा नियमित रूपमा प्रयोग गरिँदैन भने प्लास्टिक ब्यागमा र्‍याप गरी राख्नुपर्छ ।

टेरिकोट

–    टेरिकोटका कपडालाई कटनका कपडालाई जस्तै धुनुपर्छ ।

–    यिनलाई धेरै तातोपानीमा भिजाएर राख्नुहुँदैन ।

–    यी कपडामा रंग निस्कने सम्भावना कम हुन्छ । यद्यपि सेतो र रंगीन कपडालाई अलग–अलग धोएको राम्रो हुन्छ ।

–    टेरिकोटका कपडालाई धेरै तातो गरी प्रेस गर्न र चर्को घाममा सुकाउनु हुँदैन ।

लिनेन

–    थुप्रै प्रकारका लिनेन कपडा घरमा पनि धुन सकिन्छ ।

–    सेतो लिनेनलाई तातोपानीमा भिजाएर राम्रो खालको डिटरजेन्टले धोएर घाममा सुकाउनुपर्छ ।

–    ड्रेपरी, अपहोल्स ट्रि तथा डेकोरेटिभ लिनेनलाई सधैं ड्राइक्लिन गर्नुपर्छ ।

–    लिनेनलाई प्रेस गर्नु आवश्यक छ ।

पोलिस्टर

–    पोलिस्टरका कपडालाई हात वा वासिङ मेसिनबाट धुन सकिन्छ ।

–    यिनलाई सधैं सादा पानीले नै धुनुपर्छ ।

–    ड्रायर प्रयोग गर्ने हो भने ड्रायरको तापमान कम हुनुपर्छ ।

–    सिन्थेटिक इनरवेयर्सलाई हातले धुनु राम्रो हुन्छ, होइन भने यी कपडा खुम्चन सक्छन् ।

–    यिनलाई हावा आउने ठाउँ वा छाया भएको ठाउँमा सुकाउनुपर्छ ।

–    प्रेस गर्दा तापमान निम्न स्तरमा राख्नुपर्छ ।

 Image