मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
ताज ग्रहणपछि सेजलले यस अवसरलाई जीवनको ऐतिहासिक क्षणका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति, पर्यावरणीय चेतना र पर्यटन सम्भावनालाई प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सशक्त तयारीस्वरूप राष्ट्रिय निर्देशक अनिला श्रेष्ठको मार्गदर्शनमा विशेष ग्रुमिङ तथा प्रशिक्षण प्राप्त गर्नेछिन् । सन् २०१५ देखि सञ्चालनमा आएको यो प्रतियोगिता ‘ब्युटी फर इको’ नारासहित एल.टी.सि.पि. अर्गनाइजेशनद्वारा आयोजना हुादै आएको छ, जसको मुख्य उद्देश्य वातावरण संरक्षण र सांस्कृतिक आदान–प्रदानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नु हो ।