Successfully Copied

‘मिस नेपाल पिस’ को उपाधि विधिलाई

‘मिस नेपाल पिस–२०२४’ को शीर्ष उपाधि काभ्रेकी विधि लम्सालले हात पारेकी छन् ।



‘मिस नेपाल पिस–२०२४’ को शीर्ष उपाधि काभ्रेकी विधि लम्सालले हात पारेकी छन् । विजेता भएसँगै उनले नेपालबाटै पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्लोबलमा सहभागी हुने अवसर प्राप्त गरेकी छन् । उनले मिस पर्सनालिटीको अवार्ड पनि जितिन् ।
प्रतियोगितामा भक्तपुरकी अनिशा पराजुली ‘मस्ट इन्टेलेक्चुअल’ अवार्डसहित फस्ट रनर अप तथा ‘मस्ट चार्मिङ’ विधाको अवार्डसहित पला रेग्मी सेकेन्ड रनर अप बन्न सफल भइन् । मोनिका थापा मगरले स्पेसल अवार्डका रूपमा ‘नर्स विथ अ पर्पस अवार्ड’ प्राप्त गरिन् । फोटोजेनिक र बेस्ट स्किन विधामा सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइसतर्फ लसता श्रेष्ठ, मिस फिटनेसतर्फ सलिदा बादे र मोस्ट ट्यालेन्टेडका रूपमा दिव्या बम ठकुरी पुरस्कृत भए ।


प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए । एनक्लेक्स नेपालको प्रायोजन र नेक्स्ट मोडल्स नेपालको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा प्रतियोगिता सम्पन्न भएको हो । नर्सिङ अध्ययन र पेसामा आबद्धहरूबीचको व्यक्तित्व र बौद्धिकता विकासका लागि प्रतियोगिता गराइएको आयोजकको भनाइ छ । स्वास्थ्य परिचारिकाको सबलीकरण, सशक्तीकरण र पेसागत–व्यावसायिक दायरा विस्तारमा योगदान पुर्‍याउने उद्देश्यले ‘मिस नेपाल पिस’ सन् २०१४ देखि सुरु भएको थियो ।

 Image