Successfully Copied

‘बाबरी’को ट्रेलर सार्वजनिक

धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।

धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेममा आधारित चलचित्रको ट्रेलर सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । नाडकरको यो डेब्यु चलचित्र हो । लामो समयपछिको ग्यापपछि अदितीले बाबरी मार्फत चलचित्रमा कमब्याक गरेकी हुन् भने ‘इन्टु मिन्टु लण्डनमा’ पछि धीरज मगरको पनि यो कमब्याक चलचित्र हो ।

सिक्किममा छायांकन गरिएको चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको सम्पादनमा बादल भट्ट, छायांकनमा नरेन्द्र मैनाली रहेका छन् । चलचित्रलाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी यस चलचित्रको निर्माता रहेका छन् ।

तस्बिरहरू : महेश प्रधान

 Image