सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेममा आधारित चलचित्रको ट्रेलर सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । नाडकरको यो डेब्यु चलचित्र हो । लामो समयपछिको ग्यापपछि अदितीले बाबरी मार्फत चलचित्रमा कमब्याक गरेकी हुन् भने ‘इन्टु मिन्टु लण्डनमा’ पछि धीरज मगरको पनि यो कमब्याक चलचित्र हो ।
सिक्किममा छायांकन गरिएको चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको सम्पादनमा बादल भट्ट, छायांकनमा नरेन्द्र मैनाली रहेका छन् । चलचित्रलाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी यस चलचित्रको निर्माता रहेका छन् ।



तस्बिरहरू : महेश प्रधान