चलचित्रमा ‘आमा’ चरित्र
‘आमा’ नेपाली भूमिमा बनेको पहिलो चलचित्र थियो । हीरासिंह खत्रीले निर्माण गरेको करिब छ दशकपछि दीपेन्द्र के खनालले त्यही शीर्षकमा अर्को चलचित्र बनाए । निर्माता फरक भए पनि दुवैको केन्द्रमा ‘आमा’ रहे ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/Nari_Baishak-2079_Page_78-21042022015119.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/Nari_Baishak-2079_Page_78-21042022015119.jpg&w=1000&height=600)
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा गायिका रेखा शाहले तीज गीत ’छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छिन् । टेकेन्द्र नेपाली र मनोज नेपालीको शब्द अनि टेकेन्द्र नेपालीको सङ्गीतमा तयार भएको गीतलाई पुष्कर खत्रीले सङ्गीत संयोजन गरेका छन् । फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको म्यूजिक भिडियोमा चर्चित अभिनेत्री नीता ढुंगानासँगै गायिका शाहले अभिनय गरेकी छिन् ।
गायिका शाह भन्छिन्, ‘लोकगीतले मनोरञ्जनमात्रै नदिई हाम्रो संस्कृति र सङ्गीतलाई जीवन्त राख्दै पुस्तान्तरण गर्ने भएकाले यसपाली मैले तीज गीत रेकर्ड गरेकी हुँ ।’ रेखा शाह फाउन्डेसनको ब्यानरमा निर्माण भएको गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन र कोरियोग्राफी गरेकी छिन् । रुपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको गीतमा नायिका नीता ढुंगानाले तीजमा देखिने नारीहरूको मनोभावलाई दुरुस्त उतार्दै बेजोड नृत्य गरेकी छिन् ।
नीता भन्छिन्, “बिहेपछिको मेरो पहिलो तीज हो । यो गीत मेरै लागि बनेको हो कि झैं लाग्छ तर यस गीतले यसपालिको तीजमा विशेष मनोरञ्जन भने पक्का दिनेछ ।’ गायिका शाहले यो गीत आफ्नै युट्युब च्यानल ‘रेखा शाह’बाट सार्वजनिक गरेकी हुन् ।
पुरा भिडियो हेर्नुहोस :