Successfully Copied

‘आइसक्रिम’लाई अफ्रिकामा दुई अवार्ड

संगीता श्रेष्ठद्वारा निर्देशित सर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड प्राप्त गरेको छ ।

 संगीता श्रेष्ठद्वारा निर्देशित सर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड प्राप्त गरेको छ । फिल्मले ‘बेस्ट चाइल्ड एक्टर’र ‘बेस्ट इडिटर’ मा अवार्ड प्राप्त गरेको हो । विधामार्फत ‘बेस्ट चाइल्ड एक्टर’ मा योगीशा खत्रीले अवार्ड पाएकी छिन् भने ‘बेस्ट इडिटर’मा लोकेश बज्राचार्यले अवार्ड पाएका छन् । उक्त फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथा समेटिएको संगीताले बताइन् । ९ मिनेट लामो फिल्म बालयौनशोषणमाथि आधारित छ । फेस्टिभल नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रूपमा आयोजना भएको थियो ।

संगीताका अनुसार ‘आइसक्रिम’ चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनोट भइसकेको छ । संगीताले यसअघि ‘कथा काठमाण्डू’ फिल्मको निर्देशन गरिसकेकी छिन् ।

 Image