मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ बोलको गीत गाएर चर्चामा आएकी गायिका रेखा शाहको नयाँ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत तथा भुपेन्द्र खड्काको शब्दमा गायिका शाहको ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले...’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
सिमसिमे पानीबाट सांगीतिक यात्राको सुरुवात गरेकी शाहले पानीकै बिम्ब भएको यो गीतले आफ्नो पहिचान अझ उचो बनाउने विश्वास व्यक्त गरेकी छिन् । गोविन्द राईको कोरियोग्राफीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा भने मोडल अन्जली अधिकारी देखिएकी छिन् उनलाई महेश खड्काले अभिनयमा साथ दिएका छन् ।
नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :