Successfully Copied

मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न

शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।


शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो । ग्रीन आर्ट्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न जिल्लाका २० जना महिलाले भाग लिएका थिए । विविध कारणले अपांग भएपनि सपांग व्यक्ति सरह काम गर्न सक्छन् भन्ने धारणा स्थापित गर्न र समाजमा रहेको नकारात्मक धारणा हटाउन यस किसिमको कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक परिन्दा परी श्रेष्ठले बताइन् । अपांगता भएका व्यक्तिहरुको आत्मविश्वास बढाई र आत्मनिर्भर बनाउन यो कार्यक्रम गरिएको ग्रीन आर्ट्स मिडियाका आयोजक प्रविन लाकौलले बताए । नेपालमा कुनै न कुनै अपांगता भएका मानिसको संख्या कुल जनसंख्याको २ प्रतिशत रहेको छ ।


कार्यक्रममा मिस डिसएबिलिटी क्विन नेपाल २०२३ को उपाधी कैलालीकी रमिला साउदले हात पारिन् । यसैगरी मिसेस डिसएबिलिटी क्विन नेपाल २०२३ सुर्खेतकी नन्दा सुनार भइन् । फस्र्ट रनरअपको उपाधी गुल्मीकी झरना घिमिरेले र सेकेन्ड रनरअपको उपाधी स्याङ्जाकी निर्मला खाँडले हात पारिन् ।
तस्बिरहरु ः महेश प्रधान

 Image