मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
श्रीलंकामा संचालन भएको पहिलो संस्करणको मिस वल्र्ड टुरिजम २०२३ मा नेपालकी सजिना खनालले मिस एलिगेन्सको अवार्ड जितेकी छिन् ।
सर्लाहीकी २२ वर्षिया सजिना सो प्रतियोगितामा टप टेन भित्र पनि परेकी थिइन् ।
नेपाल लगायत विश्वका तीस भन्दा बढी मुलुकका युवतीको सहभागिता रहेको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार जुलाई २९ तारिखमा श्रीलंकाको कालुटारास्थित साइट्रस वास्काडुवामा सम्पन्न भएको थियो ।
सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।