प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज
‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।
यतिबेला ‘कबड्डी कबड्डी कबड्डी’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उपासना सिंह ठकुरीको कामको चर्चा पनि उत्तिकै छ । क्याप्टेनबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी ठकुरीको यो दोस्रो चलचित्र हो । क्याप्टेनमा मुख्य भूमिकामा देखिएकी उपासनालाई त्यतिबेला ‘सम्भावना बोकेकी नायिका’ पनि भनियो । यो टिप्पणी उनको दोस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा सत्य साबित भएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को सफलताबाट उत्साहित उपासना अहिले तत्काल नयाँ चलचित्र अनुबन्ध गरिहाल्ने भन्दा पनि राम्रो स्क्रिप्ट छानेर मात्र काम गर्ने सोचमा छिन् । ठकुरी भन्छिन्–‘यो सफलताले एकदमै उत्साहित छु तर अहिले तत्काल नयाँ प्रोजेक्टमा काम गर्ने भन्दा पनि चित्तबुझ्दो स्क्रिप्ट खोजिरहेकी छु ।’