आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।

पहिलो पटक आयोजित मिस धनकुटा–२०१९ को उपाधि सावित्रा घिमिरेले जितेकी छिन् । अघिल्लो बुधबार राति अबेर सम्पन्न उक्त प्रतियोगितामा सोनी कार्की फस्ट रनर्सअप तथा निरुता सुब्बा सेकेन्ड रनर्सअप घोषित भएका थिए ।
अन्तिम तीन प्रतिस्पर्धीलाई महानायक राजेश हमालले तपाईंले यो सौन्दर्य प्रतियोगितामा किन भाग लिनुभयो ? भन्ने प्रश्नमा लिखित जवाफ दिँदै घिमिरेले २८ जना प्रतिस्पर्धीबीच उक्त उपाधि हात पारेकी हुन् । पाख्रीवास नगरपालिका–३ की स्थायी घर भएकी घिमिरे जाल्पादेवी क्याम्पसको
स्वतन्त्र विद्यार्थी युनियनकी सभापति हुन् ।
मिस धनकुटा–२०१९ को छनौटका क्रममा प्रस्तुत कार्यक्रममा गायक तथा नायक बाबु बोगटीको प्रस्तुति विशेष आकर्षणमा रह्यो भने निर्णायक हमालले नृत्य गरेर दर्शकको मन जिते । यसैगरी गायक कमल क्षेत्री, समीर विक तथा विद्या तिवारीले पनि दर्शकहरूलाई नचाए भने सुजन रसाइलीले गीत एवं स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरे ।