म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
स्टार प्लस च्यानलबाट प्रसारण हुने टेलिसिरियल चन्द्रनन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी कलाकार हुन्–निरिसा बस्नेत । नेपाली चलचित्र जानी नजानीबाट डेब्यु गरेकी निरिसाले पहिले नेपालमा भिजे तथा मोडलका रूपमा काम गरिसकेकी छिन् । उनी २०१५ कि मिस टुरिज्म क्विनसमेत हुन् ।
अभिनयलाई रुचिका रूपमा लिने निरिसा बलिउडमा जम्ने रहरका साथ मुम्बईमा समेत सक्रिय छिन् । मूलघर विराटनगर भएकी बस्नेत पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।