Successfully Copied

मिस एन्ड मिसेज धौलागिरि

दोस्रो संस्करणको मिस एण्ड मिसेज धौलागिरिको उपाधि कक्षा १२ मा अध्ययनरत बागलुङकी शिल्पा कार्कीले जितेकी छिन् । फाइनलमा सहभागी १२ जनामध्ये अब्बल सावित भएकी कार्कीले वेष्ट डान्सरको सवटाइटलसमेत हात पारेकी थिइन् ।

अभ्यास इभेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदीले मोष्ट ट्यालेन्टको सवटाइटल सहित फस्ट रनर्सअप तथा बागलुङकी साक्षी श्रेष्ठ मोष्ट फोटोजेनिक सहित सेकेन्ड रनर्सअप घोषित भए । भ्युअर च्वाइस र मस्ट स्माइलको सवटाइटल पर्वतकी अनुपा राईको पोल्टामा पर्‍यो । 

प्रतियोगितामा पर्वत र बाग्लुङका विवाहित तथा अविवाहित महिलाहरूले सहभागिता जनाएका थिए । कुश्मा पर्वतको सिद्धेश्वर फिल्म हलमा सञ्चालित उक्त प्रतियोगीतामा कलाकार सन्दिप क्षेत्रीको प्रस्तुति विशेष रह्यो ।

 Image