Successfully Copied

मिस टुरिजम इन्टरनेसनलमा प्रतिस्पर्धा गर्दै आस्था

भक्तपुर चुनदेवी निवासी २३ वर्षिया आस्था साख: यस अघि फिलिपिन्सको मनिलामा गएको सेप्टेम्बर १४ देखि अक्टोबर ४ सम्म संचालन भएको ५० औँ संस्करणको मिस एशिया प्यासिफिक इन्टरनेसनल २०१८ मा नेपालका तर्फबाट सहभागि भएकी थिइन् ।

अहिलेको परिप्रेक्षमा नेपाली सुन्दर तथा सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरका प्राय: सबैजसो सौन्दर्य प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरेको देखिन्छ । यही परिवेशमा हाल मलेसियामा संचालन भइरहेको मिस टुरिजम इन्टरनेसनल २०१८ मा नेपालका तर्फबाट आस्था साख:ले प्रतिस्पर्धा गरिरहेकी छिन् । प्रतियोगितामा नेपाल लगायत विश्वका ४६ देशका सुन्दरीहरु २१ औँ संस्करणको इन्टरनेसनल पर्यटन सुन्दरीको उपाधि दौडमा छन् । 

भक्तपुर चुनदेवी निवासी २३ वर्षिया आस्था साख: यस अघि फिलिपिन्सको मनिलामा गएको सेप्टेम्बर १४ देखि अक्टोबर ४ सम्म संचालन भएको ५० औँ संस्करणको मिस एशिया प्यासिफिक इन्टरनेसनल २०१८ मा नेपालका तर्फबाट सहभागि भएकी थिइन् । आस्था सन् २०१२ मा मिस टिन प्रतियोगितामा सहभागि भएकी थिइन् भने उनी मिस नेपाल २०१८ की पनि प्रतिस्पर्धी हुन् । 

उनले मिस नेपाल २०१८ मा मिस कन्फिडेन्टको अवार्ड जित्न सफल भएकी थिइन् । एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट बिबिए अध्ययन पूरा गरेकी आस्था नेपाल पेन्ट्समा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छिन् । पाँच फिट सात इन्च अग्लो शरीर भएकी आस्था पौडी, शपिङ, बास्केटबल खेलमा रुचि राख्दछिन् ।

मिस टुरिजम इन्टरनेसनल २०१८ को फाइनल प्रतिस्पर्धा यही डिसेम्बर महिनाको २१ तारिखमा मलेशियाको बन्डार सनवे स्थित सनवे रिसोर्ट होटल एण्ड स्पाको ग्राण्ड बलरुमा संचालन हुनेछ ।  

 Image