Successfully Copied

पुर्वमा चर्चित बन्दै आरती ओझा

तराई आइडल तथा एक्टिङ कम्पिटिसन्मा पहिलो उपाधि जितेकी झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चामा रहेकी छन् ।

  

   

तराई आइडल तथा एक्टिङ कम्पिटिसन्मा पहिलो उपाधि जितेकी झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चामा रहेकी छन् । २०७३ सालको उत्त कम्पिटिसन्मा पहिलो भएकी हुन् । कमेडी गायक श्रीकृष्ण लुईटेलको “बव्लु” एल्वममा समावेश रहेको  “यो हो बाख्रा स्टाईल”बोलको गीतले उनी चर्चामा आएकी हुन् । पुर्वमा बालकदेखि युवायुवतीको मुखैमा बाख्रा स्टाईल बोलको गीतले डेरा जमाएको  आरती भन्छिन् । बाटोमा हिड्दा यो बाख्रे स्टाईल भनेर जिस्क्याउछन् । उनले थप्दै भनिन् यसरी चर्चामा आईएला भनेर सोचेकी थिईन्। 

हिमशिखर टेलिभिजनबाट प्रसारित “स्टुडेन्ट”सिरियलमा प्रमुख नायिकाको भुमिकामा देखिए पछि उनको चर्चा थप चुलिको हो । एक्टिङ कम्पिटिसनबाट छानिएकी आरतीलाई सिरियलमा निर्देशक ज्ञानेन्द्र कोईरालाले प्रवेश गराएका हुन् । आशाको भुमिकामा प्रस्तुत भएकी आरती बोल्नेशैलीले गर्दा “स्टुडेन्ट”सिरियलमा चर्चामा आएकी हुन् । 

नेपाली चलचित्रमा खेल्न अफर गर्दै निर्देशक ,निर्माता आउनुहुन्छ तर स्क्रिप चित्त नबुझेर खेल्दिन भनेर फर्काएको छु ,आरती भन्छिन् । उनी भन्छिन्, ‘ फिल्म खेल्नकै लागी भनेर यो क्षेत्रमा आएको हुँ ,राम्रो स्क्रिप पाए भने फिल्म खेल्छु । आरती सिरियल र आधा दर्जन म्युजिक भिडियोमा अनुवन्धित भईसकेकि छिन् । 

 Image