चलचित्र‘दिमाग खराब’को प्रीमियर शो
निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरस्थित लबिङ मलमा प्रीमियर शो आयोजना गरिएको थियो ।
नेपाल भाषाको चलचित्रकी अग्रणी नायिका भिन्तुना जोशी अहिले मेकअप आर्टिस्टका रूपमा स्थापित हुने धुनमा छिन् । हुन त उनले नेपाली चलचित्रमा काम नगरेकी होइनन् । यद्यपि उनी नेपाल भाषामै चर्चित छिन् । ८ वर्षअघि नै पार्लरसम्बन्धी प्रशिक्षण लिएकी भिन्तुनाले दुबईबाट मेकअप आर्टको कोर्स पूरा गरी भिन्तुनाज् रेड इन ब्युटिपार्लर खोलेकी हुन् । कलाकारिताका साथमा पार्लरलाई पनि सँगै लाने जोशीको सोच छ । चलचित्र सिंहदरबारपछि विदेशमा कार्यक्रम देखाएर फर्किएकी भिन्तुना अहिले चलचित्र भ्रममा व्यस्त छिन् ।