मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
नेपाल भाषाको चलचित्रकी अग्रणी नायिका भिन्तुना जोशी अहिले मेकअप आर्टिस्टका रूपमा स्थापित हुने धुनमा छिन् । हुन त उनले नेपाली चलचित्रमा काम नगरेकी होइनन् । यद्यपि उनी नेपाल भाषामै चर्चित छिन् । ८ वर्षअघि नै पार्लरसम्बन्धी प्रशिक्षण लिएकी भिन्तुनाले दुबईबाट मेकअप आर्टको कोर्स पूरा गरी भिन्तुनाज् रेड इन ब्युटिपार्लर खोलेकी हुन् । कलाकारिताका साथमा पार्लरलाई पनि सँगै लाने जोशीको सोच छ । चलचित्र सिंहदरबारपछि विदेशमा कार्यक्रम देखाएर फर्किएकी भिन्तुना अहिले चलचित्र भ्रममा व्यस्त छिन् ।