दुई दिने 'काठमाडौं उत्सव 'को पहिलो संस्करण फागुन १६ देखि
काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् । उनी ‘हेड टू हेड च्यालेन्ज’ तथा ‘मोस्ट पपुलर अवार्ड’ मा पनि फाइनलिस्ट बन्न सफल भएकी थिइन् ।
मोनिकाको ‘मिस ग्लोब’ सम्मको यात्रा यसै वर्ष ‘मिस्टर एन्ड मिस नेसनल २०२४’ प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२४’ को उपाधि जितेपछि सुरु भयो, जुन सनुर्वी इन्टरनेसनल प्रालिद्वारा आयोजना गरिएको थियो । मोनिका २०२२ मा नेक्स्ट मोडेल्स नेपालद्वारा आयोजित प्रतिष्ठित ‘मोडल हन्ट नेपाल’ प्रतियोगिता जितेर चर्चामा आएकी थिइन् ।
‘मिस ग्लोब २०२४’ को भव्य फिनाले अल्बानियाको तिराना ओलम्पिक पार्कमा १५ अक्टोबरमा सम्पन्न भयो । कोलम्बियाकी डायना मोरेनोले ४२ प्रतिस्पर्धीलाई हराउँदै ‘मिस ग्लोब’ को उपाधि जितिन् । थाइल्यान्डकी प्राडा थान्सिता दिल्होकानन्साकुल पहिलो रनर–अप घोषित भइन् भने फिलिपिन्सकी जस्मिन बुङ्गे दोस्रो रनर–अप बनिन् । जर्मनीकी एन्ड्रोमेडा शुस्टर तेस्रो रनर–अप बनेकी छिन् भने भियतनामकी हा त्राङ डोले चौथो रनर–अपको स्थान हासिल गरिन् ।