‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।

नायिका ज्याकलिन फर्नान्डिसले बलिउड फिल्म उद्योगकी दीपिका पादुकोणलाई फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा धेरै वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं र हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुन मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।
स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट लिन्छिन् । त्यसको दुई घण्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझमा स्यान्डबिच खान्छिन् । उनले डिनरमा चिकेन, तरकारी र रोटी खाने गरेकी छिन् ।