Successfully Copied

आउटडोर गेममा श्रद्धा

फिटनेसको चर्चा गर्दा छुटाउन नहुने अर्को नाम हो–श्रद्धा कपूर । बिहान र मध्यान्हको समयमा वर्क आउट गर्न बढी रुचाउने श्रद्धाले डाइट चार्टअनुरूप स्वस्थ, सन्तुलित र नियन्त्रित खानापान गर्छिन् ।

फिटनेसको चर्चा गर्दा छुटाउन नहुने अर्को नाम हो–श्रद्धा कपूर । बिहान र मध्यान्हको समयमा वर्क आउट गर्न बढी रुचाउने श्रद्धाले डाइट चार्टअनुरूप स्वस्थ, सन्तुलित र नियन्त्रित खानापान गर्छिन् । 

श्रद्धाले ब्रेकफास्टका रूपमा  एकदमै थोरै तेलमा बनाइने दक्षिण भारतीय परिकार उपमा, अण्डाको सेतो भागको अमलेट खाने गरेकी छिन् । खानामा चिया, हरियो तरकारी र दाल खान्छिन् । लन्चमा ब्राउन राइस र फिस करी पनि हुन्छ । उनी हरेक दुई घण्टाको अन्तरमा केही न केही खाइरहेकी हुुन्छिन् । 

विद्यार्थी कालमा श्रद्धा एथलेटिक्सकी राम्री खेलाडी थिइन् । उनी बास्केटबल र हेन्डबलमा पनि दख्खल राख्छिन् । अहिले पनि मौका मिल्नासाथ आउटडोर गेम खेल्छिन् । उनी जिम जानुभन्दा आउटडोर गेम खेल्न रुचाउँछिन् । श्रद्धाको खानाको सूची निकै लामो छ । यद्यपि जस्तोसुकै खाना खाए पनि राम्रोसँग चपाएर खाने उनको बानी छ । 

 Image