Successfully Copied

म छोरी सार्वजनिक

गायिका तथा संचारकर्मी एलिना दुलालको पहिलो तीज गीत ‘म छोरी’को भीसीडी बिहीबार राजधानीमा एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

गायिका तथा संचारकर्मी एलिना दुलालको पहिलो तीज गीत ‘म छोरी’को भीसीडी बिहीबार राजधानीमा एक समारोहका बीच सार्वजनिक गरिएको छ । कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा आयोजित समारोहका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले भीसीडी सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा दुलालको तिज गीतमाथि टिप्पणी गर्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले तिज गीतको नाममा छाडापन बढिरहेको बेला नारी सशक्तिकरणको सन्देशसहित राम्रो गीत बनेको बताए । हाास्यकलाकार दीपाश्रि निरौलाले पनि फरक स्वाद र सन्देशसहितको तिज गीत बनेको टिप्पणी गर्दै कतिपय तिज गीतको म्यूजिक भीडीओ परिवारसाग बसेर हेर्न समेत अप्ठेरो हुने भए पनि दुलालको गीतको म्यूजिक भीडीओ समेत सभ्य र उत्कृष्ट रहेको बताइन । ‘म छोरी’ तिज गीतको शब्द संचारकर्मी रमेशचन्द्र अधिकारीले लेखेका हुन् भने संगीत जुगल डंगोलले भरेका हुन् । गीत तथा म्यूजिक भीडीओ कामना डिजीटल प्रा.लि.को ब्यानरमा बनेको हो ।

 Image