थिएटरमा सशक्त महिला
कलाकारहरू उषा रजक, आकांक्षा कार्की र रेखा थापा अनुभव, भोगाइका साथ थिएटरमा देखिएका महिला शक्तिहरुका रूपमा देखिएका छन् । रंगमञ्च अहिले महिलाको संसार, भोगाइ, चाहना र संघर्षलाई समाजमाझ पुर्याउने एउटा शक्तिशाली माध्यम बन्दै गएको छ ।
रितु श्रेष्ठ, मोडल
हेर्दा साधारण देखिने मोडल रितु श्रेष्ठमा सानैदेखि मोडल बन्ने चाहना थियो । त्यसैले उदय सोताङको म्युजिक भिडियोमा अभिनय गर्ने अफरलाई उनले सहजै स्वीकार गरिन् । त्यसपछि उनी टिभी, पेपर आदिका विज्ञापनमा मोडलका रूपमा देखा परिसकेकी छिन् । रितुले अभिनय गरेको छोटो चलचित्र राजमार्ग प्रदर्शनको क्रममा छ भने उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत सहभागी हुने उनी बताउँछिन् । राजमार्गमा उनकै मुख्य भूमिका छ । स्वीमिङमा रमाउने रितु प्रेमभावका गीत सुन्न रुचाउँछिन् । निशा अधिकारी तथा विनय श्रेष्ठ उनलाई मन पर्ने सेलिब्रेटी हुन् ।