सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।

रितु श्रेष्ठ, मोडल
हेर्दा साधारण देखिने मोडल रितु श्रेष्ठमा सानैदेखि मोडल बन्ने चाहना थियो । त्यसैले उदय सोताङको म्युजिक भिडियोमा अभिनय गर्ने अफरलाई उनले सहजै स्वीकार गरिन् । त्यसपछि उनी टिभी, पेपर आदिका विज्ञापनमा मोडलका रूपमा देखा परिसकेकी छिन् । रितुले अभिनय गरेको छोटो चलचित्र राजमार्ग प्रदर्शनको क्रममा छ भने उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत सहभागी हुने उनी बताउँछिन् । राजमार्गमा उनकै मुख्य भूमिका छ । स्वीमिङमा रमाउने रितु प्रेमभावका गीत सुन्न रुचाउँछिन् । निशा अधिकारी तथा विनय श्रेष्ठ उनलाई मन पर्ने सेलिब्रेटी हुन् ।